नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

गोरखाको धार्चे गाउँपालिको माछाखोलामा सुपर माछाखोला जलविद्युत आयोजना निर्माण शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ९ गते, शनिबार १६:३४

चैत ९,गोरखा – गोरखाको धार्चे गाउँपालिको माछाखोलामा सुपर माछाखोला जलविद्युत आयोजना निर्माण शुरु भएको छ । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको जलविद्युत उत्पादन गर्न लागेको कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ(एनआरएनए)मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।

निर्माणकालागि आवश्यक सबै काम सकेर आयोजनाको काम अघि बढिसकेको न्यौपानेले जानकारी दिए । ‘निर्माण लाइसेनस लिइसकेका छौं । बाँध निर्माणका लागि एकसमय रोपानी जग्गा निश्चित गरिसकेका छौं,’ न्यौपानेले भने–‘तनि किलोमिटर माथि बाँध बाँधेर माछाखोला बजार आसपास पावर हाउस निर्माण गर्ने योजना छ । माछाखोलाबाट निर्माणस्थलसम्म पुग्ने तीन किलोमिटर सडक पनि खनिसकिएको छ । हामी झोलामा खोला हालेर हिड्दैनौं । काम धमाधम भइरहेको छ ।’ बाँधस्थलबाट तीन किलोमिटर नहरबाट पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विधुत उत्पादन गर्ने आयोजनाले बताएको छ ।
आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणले खरीद गर्ने गरी विधुत खरीद सम्झौता(पिपिए) सम्पन्न भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद गर्नेगरि गत कात्तिकमा नै पिपिए भएको हो ।

त्यसैगरी कम्पनीले आयोजना सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदनसमेत तयार भइसकेको बताएको छ । आयोजनाको लागत ९६ करोड रहेको छ । जसमध्ये ७० प्रतिशत लागत स्थानीयबासीको शेयरबाट र बाँकी रकम सम्बद्ध सेयरधनीले गर्ने बताइएको छ । विकास हाइड्रोपावरमा एनआरएनएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेसँगै सरोज धिताल, विकास अधिकारी, कृष्ण घिमिरे र सुनिलबाबु श्रेष्ठ साझेदार रहेका छन् । विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको अपर माछाखोला जलविधुत आयोजना र १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माणको तयारी गरिरहेको छ ।

छिटो काम शुरु गर्न धार्चे गाउँपालिकाको आग्रह
गोरखाको धार्चे गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन हुन लागेका जलविधुत कम्पनीहरुलाई यथाशीघ्र विधुत खरीद सम्झौता(पिपिए) गरेर काम अघि बढाउन आग्रह गरेको छ । गाउँपालिकाभित्र निर्माण तयारीमा रहेका जलविधुत आयोजना निर्माण कम्पनीहरुलाई छिटो पिपिए गरेर छिटो काम अघि बढाउन गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले गाउँपालिकाको सम्पन्न भेलामा आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका पदाधिकारी तथा सो गाउँपालिकामा आयोजना निर्माणको तयारी गरिरहेका विकास हाइड्रोपावर कम्पनी, रिचेत खोला हाइड्रोपावर कम्पनी, बढीगण्ढकी हाइड्रोपावर कम्पनी, वाटर इनर्जी हाइड्रोपावर कम्पनीका सञ्चालक तथा प्रतिनिधीहरु सहभागी थिए ।
भेलाले सबै हाइड्रोपावर कम्पनीलाई यथाशीघ्र काम अघि बढाएर पिपिए, आइईलगायतका काम सकेर स्थानीयको आशा र अपेक्षा पूरा गर्न आग्रह गरेको थियो । विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको अपर माछाखोला जलविधुत आयोजना र १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माणको तयारी गरिरहेको छ भने अन्य कम्पनीहरुले समेत आयोजना निर्माणको योजना बनाएका छन् ।
विकास हाइड्रोपावर कम्पनीका सञ्चालक कृष्ण घिमिरेले कम्पनीले सञ्चालन गर्ने आयोजनामा सेयर जनताको सहकार्यलाई महत्व दिएको बताए । सञ्चालक घिमिरेले स्थानीयसँगको सहकार्य बाटै कम्पनीले निर्माण गर्न लागेको दुवै आयोजना समयमै सम्पन्न गर्ने बताए । घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम छिटो हुने सहकार्य गरे अयोजना समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीय अन्य कमपनीका सञ्चालकहरुले पनि आ–आ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु