दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनु पर्छ : पूर्व सहायक रथी बानिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १० गते, आईतवार २०:२३

काठमाडौं, १० चैत्र । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी धर्म बहादुर बानियाँले सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताएका छन् । उनले भने,‘यो विद्येयक असान्दर्भिक छ, त्यसैले यसलाई फिर्ता लिनुपर्छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सुरक्षा परिषदको बैठकमा मन्त्रीहरु सहभागी नहुने तर ती मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा सहभागी हुने भन्ने कुरा पनि हुन्छ त ? भन्दै प्रश्न गरे । उनले थपे,‘सेना परिचालनसम्बन्धी सल्लाह दिने सर्वश्रेष्ठ व्यक्ति को हो त भन्दा प्रधानसेनापति हो, प्रधानसेनापतिलाई सुरक्षा अवस्था, कमिकमजोरी र सेनाको क्षमता के छ ? भन्ने कुरा राम्रोसँग थाहा हुन्छ, उहाँले दैनिक रुपमा देशको सुरक्षा अवस्था कस्तो छ भनेर मुल्यांकन गरिराख्नुभएको हुन्छ । तर, सेना परिचालनसम्बन्धी अहिले बनेको विद्येयकमा उहाँ सदस्य हुनुहुन्न । उहाँलाई सदस्यमा राखिएको छैन् । भनेपछि यो कस्तो किसिमको विद्येयक हो त ?’
नेपाली सेना राष्ट्रको सेना भएको बताउँदै बानियाँले भने,‘नेपाली सेना राष्ट्रको सेना, यो हरेक नेपालीहरुको सेना हो, यो कुनै एक व्यक्तिको सेना होईन । पूर्व मेचिदेखि महाकालीसम्म र हिमालदेखि पहाड र पहाडदेखि तराईसम्म सबैको सेना हो । राष्ट्रको महत्वपूर्ण शक्ति संयन्त्र भनेको नै सेना हो । त्यसकारण सेनासँग खेलाँची गर्न मिल्दैन् ।’

उनले संसारको अधिकांश राष्ट्रमा राष्ट्रिय सुरक्षा परिषद हुने उल्लेख गरे । उनले भने,‘नेपालले विश्वको चलनचल्तीको अभ्यास गरिरहेको छ । वर्तमान विद्येयक सान्दर्भिक छैन् । यो विद्येयकले कुनै एक व्यक्तिको महत्वकांक्षा पुरा गर्न मद्दत गर्ने देखिन्छ, तर सरकारले त्यो विद्येयकबारे सोच्नुपर्ने बेला आएको छ ।’

उनले सेना परिचालनसम्बन्धी विद्यमान संवैधानिक प्रावधानमा केही पनि कमी नभएको स्पष्ट पारे । उनले भने,‘सेना परिचालनसम्बन्धी संविधानमा भएका प्रावधानमा कुनै कमिकमजोरी छैन् । वर्तमान विद्येयकलाई खारेज गर्नुपर्छ । मलाई लाग्छ अहिलेको सरकारसँग बहुमत छ, उनीहरुले विद्येयक पेश गरेका छन् । उनीहरुले पास गर्न सक्छन् । तर यो विद्येयक पास गर्नुहुँदैन् । यो देशको हितमा छैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु