१ सय १७ वर्षकी नुवाकोट बाटुली लामिछाने लाई ज्येष्ठ नागरिक कोष बाट अभिनन्दन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ११ गते, सोमबार ०८:०६

चैत ११, नुवाकोट – नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने आइतबारदेखि १ सय १७ वर्षको हुनुभएकाे छ ।

आइतबार १ सय १७ वर्ष उमेर पुग्नुभएकी लामिछानेलाई जन्म दिनको शुभकामना दिन र विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा बधाई दिनेहरु शनिबारदेखि नै उहाँको घरमा ताँती लागेका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उहाँको घरमा पुगेर अभिनन्दन गर्नुका साथै शुभकामना र बधाई दिएको छ । कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो । त्यस अवसरमा अध्यक्ष कर्माचार्यले बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको नागरिकता र स्वास्थ्य परीक्षणबाट पुष्टि भएको बताउनुभयो । बाटुली लामिछाने विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकोले त्यसका लागि नेपाल सरकारकातर्फबाट पहल गरिने जानकारी पनि उहाँले गराउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु