खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा चार मजदुरको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १२ गते, मंगलवार ०९:२२

चैत ११ सिन्धुपाल्चोक
भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु