नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

काठमाडाैं उपत्यकासिहत विभिन्न क्षेत्रमा हावाहुरी सहित वर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १२ गते, मंगलवार १६:०४

चैत १२,काठमाडौँ – मुलुकभर मौसममा सामान्यदेखि पूर्ण बदली रहेकाेमा मंगलबार काठमाडाैं उपत्यकासिहत विभिन्न क्षेत्रमा वर्षा भएकाे छ। काठमाडाैंमा साेमबार बेलुका समेत हल्का वर्षा भएकाेमा मंगलबार अपराह्न उपत्यकाका केही क्षेत्रमा असिना समेत परेकाे छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकभुर बदली भइ मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार यो प्रक्रिया बुधबारसम्म चल्ने छ।

दुई दिनसम्म बदली भइरहेको मौसममा बुधबारदेखि भने सुधार आउने मौसमविद सुवास रिमालको भनाइ छ।

उनका अनुसार मंगलबार राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र पुर्वीपहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

त्यसका साथै बुधबार देशको पूर्वी क्षेत्रमा र अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने छ।

‘पूर्वी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ’ उनले भने, प्रिमनसुन शुरु भइसकेकाले पनि अपराह्नपछि सामान्य बदली हुनु स्वभाविक नै हो।’

उनी प्रिमनसुनमा हावाहुरीसहित सामान्य वर्षा हुने भएकाले मेघगर्जनसहित मौसम बदली हुनु स्वभाविक भएको बताउँछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु