तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को तयारी अन्तीम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार ८:५१

चैत्र १३, काठमाण्डौ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४(अप्रिल २६ र २७) गते आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को तयारी अन्तीम चरणमा पुगेको छ ।

भृकुटीमण्डप स्थीत प्रदर्शनीहलसहितको चौरमा हुने मार्टमा उल्लेख्य ७७ वटै जिल्लाहरुबाट व्यापारिक तथा सांस्कृतिक स्टल बुकिङ हुने क्रम तिब्र रहेको र प्रचारप्रसार तिब्र पारिएको आयोजकले जनाएको छ । हालसम्म ८७ वटा स्टल बुकिङ भईसकेको मार्टमा २२५ पर्यटन सम्बद्ध व्यापारिक स्टल रहनेछन । स्टल बुकिङका लागि चैत्र मसान्तसम्मको समय तय भएको आयोजकले जनाएको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनुका साथै लुकेर रहेका पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ मार्ट आयोजना मेलाका संयोजक माधवप्रकास सुबेदी ले बताउनुभयो ।
गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी (अविरल)ले देशैभरी पर्यटनको सचेतना जागरुप गराउने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफलता उन्मुख गराउने मुख्य उद्देश्यका साथ पर्यटन मेला गरिएको बताउँदै यो महामेला पर्यटन विकास र प्रवद्र्धनको लागि कोशेढुङ्गाा सावित हुने बताउनु भयो । यो महामेलामा उत्साहजनक सहभागिताको लागि आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । उक्त मेलाको बाहिरी भागमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांस्कृतिक प्रश्तुती तथा खानाका मिठा परिकार फुड स्टल रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु