नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

चैत१७बाट युएईको उडान भर्दै हिमालय एयरलाइन्स

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार ०९:५३

चैत १३, युएई–हिमालय एयरलाइन्सले यही चैत १७ गते अर्थात् मार्च ३१ देखि युएईको आबुधाबी उडान सुरु गर्ने भएको छ । आबुधाबी–काठमाडौँ–आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान गर्ने हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसिका सञ्चालक एवं एनआरएनए आईसिसि सदस्य ठाकुर प्रसाद ढुङ्गानाले बताए । यो भन्दा पहिले दुबईबाट उडान भरिरहेको हिमालय एयरलाइन्सले युएईको आबुधाबीबाट हरेक सोमबार, बुधवार र शुक्रवार उडान गर्नेछ ।

आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशीहरूको सुविधालाई ध्यान दिँदै उडान सुरु गर्न लागेको ढुङ्गानाले जनसवाललाई बताए । बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ । साँझ ८ बजेर ४५ मा काठमाडौँबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।जनसवाल डटकम मा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु