जापानमा नेपाल बायुसेवा निगमको उडानभर्न नारीता बिमान स्थलले राख्यो प्रस्ताब, सर्त मानिए ३ बर्ष सम्म एयरपोर्ट चार्ज निशुल्क

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार १३:१९

रबिन प्रसाद थपलिया ।
काठमाण्डौं । चैत्र १३ । नेपाल–जापान हवाई सम्झौतासंगै जापानको टोकियो स्थीत नारीता अन्तराष्ट्रिय बिमान स्थलले नेपाली ध्वजाबाहक बिमान कम्पनी नेपाल बायुसेवा निगमलाई उडान भर्न प्रस्ताब गरेको छ । दुई दिन अघि नेपाल आएका नारिता अन्तराष्ट्रिय विमानस्थलका भाइस प्रेसिडेन्ट कोजी ताकाहासी सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल बायु सेवा निगमका अध्यक्ष मदन खरेल सहित निगमका पदाधीकारी, लगायतलाई भेटी नारीता बिमानस्थलमा उडान भर्न प्रस्ताब गरेको हुन् ।

नारीता बिमानस्थलले नेपाल बायुसेवा निगमको बिमान अवतरणबाट लिने बिमानस्थल शुल्क पहिलो बर्ष सत प्रतिशत, दोश्रो बर्ष ७० प्रतिशत र तेश्रो बर्ष ४० प्रतिशत छुट दिने प्रस्ताब गरेको हो । नारीता बिमान स्थलले नेपाल बायुसेवा निगमको १ बर्ष सम्म निशुल्क प्रमोसन गरिदिने समेत प्रस्ताब गरेको छ । नारीताले जापानको समय अनुसार बिहान ६ देखी ९ बजे सम्म ल्याण्ड गर्ने हो भने ३ बर्ष सम्म कुनै शुल्क नलिने प्रस्ताब गरेको एसजी प्रेजेक्ट नेपाल–जापानका नेपाल डाइरेक्टर अक्कल तामाङले बताए । तर यस अघि भएकोे सम्झौता बमोजीम जापानको अर्को बिमान स्थल ओसाकामा भने उडान भर्न बायुसेवा निगमले पुरै शुल्क तिनुपर्ने हुन्छ । एसजी प्रेजेक्ट नेपाल–जापानका अध्यक्ष कर्पु शेर्पा, प्रोजेक्टका नेपाल डाइरेक्टर अक्कल तामाङ, प्रोजेक्टका नेपाल महाप्रवन्धक÷समाजेसवी तथा व्यवसायी आङकामि शेपा सहितको पहलमा भइरहेको उक्त प्रयास सफल भएमा नेपाल सरकार तथा बायुसेवा निगमलाई बार्षिक करोडौं रुपयाँ लाभ हुने छ ।
नेपाल भ्रमणमा रहेको नारीता बिमान स्थलको प्रतिनिधि टोलीसंगको भेटघाटको क्रममा बायु सेवा निगमका अध्यक्ष मदन खरेल तथा निगमका प्रतिनिधिहरुले जापानीज सिभिल एभिएसन परमिटले ओसाका वा नारीता मध्य जुन एरपोटको लागि स्वीकृति दिन्छ त्यसबाट उडान भर्ने बताएका थिए । दुवैका लागि एकै पटक स्वीकृत दिएमा हप्तामा दुई दुई फल्याइट गर्ने बायुसेवा निगमका अध्यक्ष मदन खरेलले प्रतिबद्धता व्यक्त गरेका थिए ।

हाल बैदेशीक रोजगारीको क्रममा जापानमा ८५ हजार ३ सय २४ जना रहेको सरकारी तथ्याङक छ । जस अनुसार टोकियोमा मात्र ६२ प्रतिशत नेपालीहरुको बसोबास रहेको छ भने बाँकी ३८ प्रतिशत नेपालीहरु जापानका अन्य शहरहरुमा बसोबास गर्दछन् । त्यस्तै टोकियोमा ३ करोड ६० लाख मानिसको बसोबास रहेको छ भने ओसाकामा ९० लाख मानिस बसोबास गर्दछ । नेपालीहरु तथा जापानीहरुको घनाबस्ती रहेको टोकियो स्थीत नारीता बिमानमा नेपालबाट सिधा उडान भर्न ७ घण्टा लाग्ने छ भने ओसाकामा थप डेढ देखि दुई घण्टा बढी लाग्ने छ । १० बर्ष अगाडी ओसाका उडान भदै आएको नेपाल बायुसेवा निगमले यात्रु नपाएरै उडाएर बन्द गरेको थियो ।

मानिसको बसोबास तथा उडान समयको आधारमा बायुसेवाको उडान भर्नको लागि ओसाका भन्दा नारीता बिमानस्थलनै उपयुक्त गन्तव्य रहेको सहज अनुमान गर्न सकिन्छ । नारीतामा सिधा उडान भर्न सकिए नेपालीहरुलाई आउन जान सहज हुनुको साथै जापानी पर्यटकहरुलाई नेपाल ल्याउन थप मद्धत पुग्ने छ ।
नेपाल घुम्न आउने अधिकंस जापानी पर्यटकहरु रिटायर्ड वाला तथा व्यस्त पर्यटकहरु रहने गरेका छन् । नेपालमा सिधा उडान नहुंदा लामो समय सम्म ट्रान्जीटमा रहनु पर्ने तथा बिभिन्न झण्झट बेहोर्नुपर्ने अवस्थाले सोचे अनुसार जापानी पर्यटकहरु नेपाल आइरहेका थिएनन ।
जापानको नारीता काठमाण्डौं सिधा उडान भएपछि २० हजार पर्यटक बढने एसजी प्रोजेक्ट नेपाल–जापानका नेपाल डाइरेक्टर अक्कल तामाङले विश्वास व्यक्त गरे ।
यता, जापानको नारीता बिमान स्थल देखि नेपाल सिधा उडान भर्नका लागि पहल गरिरहेको एसजी प्रोजेक्ट नेपाल–जापानले नेपाल भ्रमणमा रहेको नारीता बिमान स्थलका पदाधीकारी सहितको स्वागतको लागि रात्रीभोजको आयोजना गरेको थियो । राजधानीको तारे होटेल हयात रेजेन्सीमा आयोजना गरीएको रात्री भोजमा नारीता बिमान स्थलका भाइस प्रेसिडेन्ट कोजी ताकाहासीको टोली सहित प्रधानमन्त्रीका बिदेश मामीला सल्लाहकार डा. राजन भट्टराई, पर्यटन राज्य मन्त्री धन बहादुर बुढा, नेपाल बायुसेवा निगमका पदाधीकारीहरु, संसद जिपछिरीङ लामा, एसजी प्रोजेक्टका पदाधीकारीहरु, सञ्चारकर्मीहरुको उपस्थीति रहेको थियो ।

सो अवसरमा आयोजीत छोटो कार्यक्रममा स्वागत मन्तव्य राख्दै एसजी प्रोजेक्ट नेपाल–जापानका अध्यक्ष कर्पू शेर्पाले नेपाल जापान हवाई सम्झौतासंगै सिधा हवाई उडानका लागि जापानमा नेपाली विद्यार्थी, व्यवसायी तथा पर्यटकहरु बायुसेवाको जहाज कुरेर बसिरहेको बताए । शेर्पाले नेपालबाट जापान जान सिधा उडान नभएको र अन्यत्रबाट जाँदा ट्रान्जिटमा समय र खर्च समेत बढीरहेको अवस्थामा सिधा उडान पश्चात सोको समेत यात्रुहरुलाई फाइदा हुने बताए । नेपाल र जापानको दौत्य सम्बन्ध धेरै पुरानो रहेको र नेपाल भ्रमण बर्ष २०२०मा ठुलो संख्यामा जापानी पर्यटक भित्र्याउने लक्ष्यलाइ समेत पुरा गर्नलाई टेवा पुर्याउने शेर्पाले बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नारीता बिमान स्थलबाट आएको प्रस्ताब सकारात्मक रहेको बताँउदै बायुसेवा निगमले त्यसबारेमा उपयुक्त निर्णय लिनेमा विश्वास व्यक्त गरे । भट्टराईले नेपालको हवाई सेवा विस्तारमा र नेपालको प्रचारमा समेत यो सिधा उडान सेवाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा नारीता बिमानस्थलका उपाध्यक्ष कोजी ताकासीले नारीता काठमाण्डौं सिधा उडान गरिदा सवैभन्दा बढी नेपाली समुदाय र जापानी पर्यटकहरुलाई फाइदा पुग्ने बताँउदै त्यसका निम्ती ढिलाई गर्न नहुने बताए । ताकासीले सिधा हवाई उडानले नेपाल जापानको व्यापारमा समेत सहयोग पुग्ने बताए ।

उनले सो कामको पहल गर्ने कर्पू शेर्पा,अक्कल तामाङ, आङ कामि शेर्पा लगायत लाइ धन्यबाद दिदै यो सकारात्मक पहलमा नेपाल सरकारको पूर्ण सहयोग रहेने बिश्वास दिलाएका थिए
‘नेपाल र जापानबीच सन् १९९३ मा भएको सम्झौता संशोधन सहित जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिच २०७५ पुस २५ गते हवाई सेवा सञ्चालनसम्बन्धी कूटनीतिक नोटमा हस्ताक्षर भइसकेको छ । सन् २०१७ मा जापानबाट झन्डै २५ हजार पर्यटक आएका थिए । यो सहमतिअनुसार अब नेपाल एयरलाइन्सले सातामा १४ वटा उडान भर्न पाउँछ । सिधा उडान नहुँदा जापान आवतजावत महँगो थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु