उमासिंह पत्रकारिता पुरस्कार सम्झना वनलाई दिने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार २१:२४

काठमाडौं, १३ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘उमासिंह पत्रकारिता पुरस्कार’ पूर्ण राष्ट्रिय मासिककी प्रकाशक तथा प्रधान–सम्पादक सम्झना वनलाई दिने घोषणा गरेको छ ।

क्लबको आज बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । वन विगत १६ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । पत्रकारिताको माध्यमबाट मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुयाएबापत उनलाई सम्मान गर्न लागिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु