दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १६ गते लागि आह्वान गरेको नेपाल बन्द फिर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार २३:०४

चैत १३ काठमाडौ
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही चैत १६ गते शनिबारको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

बुधबार साँझ नेकपाले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो । पार्टीका महासचिव विप्लवले सोमबार मात्रै एक विज्ञप्ति जारी गर्दै चरणबद्व संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

सरकारी प्रतिबन्ध र दमनका विरुद्व नेकपाले बन्दसहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै वर्तमान सरकारलाई चैत मसान्तसम्मको ‘अल्टिमेटम’ समेत दिएको थियो ।

नेकपाले नेपाल बार एसोसियसनको आग्रहमा बन्द फिर्ता लिएको हो । यही चैत १६ गते नै बारको निर्वाचन हुँदैछ । बन्दका कारण निर्वाचन प्रभावित हुने भन्दै बारले नेकपालाई बन्द फिर्ता लिन आग्रह गरेको थियो ।

मंगलबार एसोसिएसनले नेकपालाई बन्द फिर्ता लिन भन्दै एक पत्र समेत काटेको थियो । एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा बन्द फिर्ता लिन आग्रह गरेको छ ।

राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु