चैत १४,युएई – युएईको ‘नसा नेपाली लोक दोहोरी साँझमा चर्चित कलाकार बद्री पँगेनीले प्रस्तुति दिने भएका छन् । युएईकोे अलफाईदीमा रहेका नसा नेपाली लोक दोहोरी साँझ रेस्टुरेन्ट एण्ड बारमा यही शुक्रबार र शनिवार पँगेनीसँगै रम्न सकिने सञ्चालक बिनोद खड्काले बताए । पँगेनी नेपालकै चर्चित लोकदोहोरी गायकका रुपमा परिचित छन् भने हाल उनी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष पनि छन् । सञ्चालक खड्काले आफ्नो दोहोरी साँझ तथा रेष्टुराँमा नियमित रुपमा राष्ट्रिय तथा चर्चित कलाकारहर बोलाएर बिदेशी भूमिमा नेपालीहरुलाई भरपूर मनोरञ्जन दिलाउने बताए ।
नेपाली खानाको साथै गीत संगीतले नेपालीहरुको सेवा प्रदान गर्न ‘नसा नेपाली लोक दोहोरी साँझ रेस्टुरेन्ट एण्ड बार’ सञ्चालनमा ल्याएको दोहोरी साँझका सञ्चालक बिनोद खड्काले बताए । रोजगारको सिलसिलामा युएईमा रहदै आएका बिनोद खड्का र प्रबिन तामाङले दोहोरी साँझ तथा रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् । युएईमा रहेका सबै वर्गका नेपालीका साथै अन्य बिदेशीलाई मध्यनजर गर्दै उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याईएको संचालक खड्काले बताए ।
दोहोरी साँझमा नेपालबाटै आएका कलाकारहरुले लोकदोहोरी, लोकगीत, पपगीत, आधुनिक, देउडा तथा विभिन्न भाषाभाषीका गीत र नृत्यहरु प्रदर्शन गरि पाहुनाको मन जित्ने कोसिस गरिएको छ । युएईको वरदुबईमा एक र अलफाईदिमा एक गरी जम्मा दुई दोहोरी साँझ सञ्चालनमा रहेका छन । दोहोरी साँझमा नारायण न्यौपाने, घविन्द्र राना, चिज गुरुङ, लिलाराम सुस्लिङ, निशान चौधरी, साधुराम रोका, अम्बिका पुन, सुशीला गुरुङ, प्रतिभा सापकोटा, पूर्णिमा गुरुङ, रञ्जिता तामाङलगायतका कलाकारले पाहुनालाई मनोरञ्जन प्रदान गर्ने गर्छन । रेष्टुरेन्ट हरेक दिन बिहान ११ देखी अर्कों दिन बिहान ३ बजेसम्म खुल्छ । साँझ ७ : ३० देखी नेपाली गीत संगितको सुरुवातसहित शुरु हुने दोहोरी साँझमा अर्को दिन बिहान बिहान ३ बजेसम्म संगीतमय वातावरणमा रम्न सकिन्छ । बिहान ११ बजेदेखी बिभिन्न नेपाली परिकार जस्तै मम, चाउमिन, थुक्पा, नेपाली थकाली थाली सेट, खाजा सेट लगायत पाहुनाहरुको रोजाईको परिकार रेष्टुरेन्टले पस्किने गरेको छ ।
युएईको केन्द्र मानिने वरदुबईको अलफाईदी नजिकै होटेल इम्पेरियल स्वीटको अगाडि नसा नेपाली दोहोरी साँझ खुलेको हो । रेष्टुुरेन्टमा विभिन्न किसिमका नेपाली परिकारहरु पाउनुका साथै नेपाली लोक दोहोरी गायक गायिकाहरुको स्वर सुन्न सकिनेछ । साँझमा घन्किने दोहोरी तथा नाचले धेरै नेपालीहरुलाइ मनोरञ्जन दिने गरेको छ । सञ्चालक खड्का भन्छन्–‘दोहोरीमा आफुले अनुरोध गरेको गीत सुन्न पाईनुका साथै आफुले चाहेको गित गाउन लगाई उठेर नाच्नसमेत पाईन्छ । नेपालीलाई विशुद्ध मनोरञ्जन प्रदान गर्ने र आफ्नो कला संस्कृतिलाई प्रवद्र्धन गर्ने भएकाले हामीले यो रेष्टुरेण्ट तथा दोहोरी साँझ खोलेका हौ ।’ दोहोरी साँझमा नेपालबाटै आएका कलाकारहरुले लोकगीत, पपगीत, आधुनिक, देउडा तथा हरेक जातजातिका गीतहरु प्रस्तुत गर्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।