चलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानितपलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान

दरबारमार्गमा क्विन रोधी क्लब प्रालिकाे सेवा शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १६ गते, शनिबार २०:२३

काठमाडौं–काठमाडौंको मुटु दरबारमार्गमा क्विन रोधी क्लब प्रालिले आफ्नो सेवा शुरु गरेको छ । गायिका हरिमाया रायमाझी, गायक विशाल रायमाझी, नायिका, गायिका तथा मोडल एलिना रायमाझी र गायिका शर्मिला रायमाझीले सञ्चालनमा ल्याएको रोधी क्लबको शुक्रबार वरिष्ठ कलाकार नारायण रायमाझी, जनसवाल राष्टिय दैनिकका सम्पादक रामजी बगाले र गायक कृष्ण कँडेलले रिबन काटेर उद्घाटन गरेका हुन् । रोधी क्लबको उद्घाटन गर्दै बरिष्ठ कलाकार रायमाझीले लोक संगीत क्षेत्रकै कलाकारहरुले खोलेको यो रोधी क्लबले लोकसंगीतको जर्गेना गर्ने बताउँदै सफलताको शुभकामना दिए ।

यसैगरी क्लबको समुद्घाटन गर्दै पत्रकार बगालेले लोकदोहोरीका हस्तीहरु गायिका हरिमाया रायमाझी, गायक विशाल रायमाझी तथा नायिका, गायिका तथा मोडल एलिना रायमाझी र गायिका शर्मिला रायमाझीले सञ्चालमा ल्याएको रोधी क्लब लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै सबैको मन जित्न सफल हुने बताए । बगालेले क्लबले सबैका लागि उपयुक्त स्वाद र संगीत पस्केर छोटो समयमै सबैको मन जित्न सकोस भन्दै सफलताको शुभकामना दिए ।

कलाकार कृष्ण कँडेलले रोधी क्लबले नाम  जस्तै  काम गरोस भन्दै सफलताको शुभकामना दिए । कार्यक्रममा नायक पृथ्वीराज प्रसाई, कलाकार कँडेल, लोकदोहोरी गायिका राधिका हमाल, लोकदोहोरी गायक प्रकाश कटुवाल, कलाकार रमेश दुलाल‘कागे’, हाँस्य कलाकार बिजय बिसी, गायिका हरिमाया रायमाझी, गायक विशाल रायमाझी, नायिका, गायिका तथा मोडल एलिना रायमाझी, गायिका शर्मिला पराजुलीलगायतका राष्ट्रिय कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

समुदघाटन कार्यक्रममा गायक प्रकाश कटुवाल र गायिका राधिका हमालले पहिलो दोहोरी प्रस्तुत गर्दै दोहोरीको सुरुवात गरेका थिए ।
सञ्चालकहरुका अनुसार रोधी क्लबले नेपाली गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिदैं विभिन्न स्वादका परिकारहरु पस्किनेछ । पारिवारिक, सुरक्षित र मनोरञ्जनात्मक वातावरणमा ग्राहकहरुका लागि सेवा प्रदान गरिने सञ्चालिका एलिना रायमाझीले जानकारी दिइन ।

रोधी क्लबले यही चैत्र २० गतेसम्म ग्राहकहरुकालगि शुभारम्भको अवसरमा २० प्रतिशत छुटकोसमेत व्यवस्था गरेको छ । रोधी क्लब साँझ ७ बजेदेखि राति १ बजेसम्म खुल्नेछ । रोधी क्लबमा हरेक साँझ राष्ट्रिय कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिदै उपस्थित लोकदोहोरी पारखीको मन जित्ने संचालकको दाबी छ । एकै परिवारको चार जना मिलेर रोधी क्लब सञ्चालन ल्याएको बताउँदै यसलाई माया गरिदिन सम्पूर्ण लोकदोहोरी पारखीलाई सञ्चालिका एबम गायिका हरिमाया रायमाझीले अनुरोध गरिन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु