काठमाडौं–विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर नेपाली माटोको सुगन्ध छर्ने अभियानमा विगत लामो समयदेखि निरन्तर सक्रिय अभियन्ता एवं शान्तिदूत विश्व साईकल यात्री खगबहादुर खत्री (यास्मिन मामा) ले विगतमा एसियाको प्रमुख देशहरुमा आफ्नो सन्देश सहित यात्रा सकेर अहिले फेरी कतारबाट युरोप, अफ्रिकातर्फको यात्रामा निस्किएका छन । खत्री अहिले कतारबाट टर्कीसम्म पुगेका छन ।
“कतारबाट टर्की (२७ मार्च), टर्कीबाट नाइजेरीया (३० मार्च), नाइजेरियाबाट घाना (३१ मार्च), घानाबाट युगाण्डा (२ अप्रिल), युगाण्डाबाट इथियोपिया (४अप्रिल), इथियोपियाबाट हङकङ हुँदै मलेसियासम्म जाने लक्ष्यसहित अहिले यात्रा शुरु भएर टर्कीसम्म पुगेका छौं” खत्रीले बताए । विश्व साइकल यात्रा अभियान आफैमा बहुत मुस्किल कार्य हो । जसको निरन्तरताको निमित्त आर्थिक एवं सुचना पक्ष पनि महत्वपूर्ण रहेकोले उहाँले विभिन्न सहयोगीदाताहरुलाई सहयोगको लागि अपिल गरेका थिए । उक्त पवित्र विश्व साईकल यात्रा अभियानको सहयोगीमा जनसवाल राष्ट्रिय दैनिक, विकास जलविद्युत परियोजना, ग्रीनग्रास ट्रेडिङलगायत छन् ।
विश्व साइकल यात्रामा निस्कन यहाँलाई केले प्रेरित गर्यो भन्ने प्रश्नमा खत्रीले– मरेर लानु केही छैन, बरु बाँचुन्जेलको जीवनमा सत्कर्म अर्थात् पुण्य कर्म गरेर देशलाई केही योगदान पुराउन सकुँ भन्ने ठानेर देशप्ररेम, विश्व शान्ति, समानता र भाइचारा को मूल सन्देश बोकी विश्व साइकल यात्रामा निस्कियको हुँ । मलाई धेरेले यत्रो मान्छे किन साइकलमा हिड्छस भनेर खिसी गर्छन् । तर म भन्ने गर्छु– नेपाल गरिब छ तर नेपाली मन धनी छ, नेपाली संस्कृति धनी छ, नेपाली प्रकृति धनी छ, नेपालको त्यही धनीपन विश्वमाझ चिनाउन पनि मैले साइकलमा विश्व यात्रा गर्नु पर्दछ भनेर निरन्तर आफ्नो लक्ष्यमा लागेको हुँ भने ।
उनले– “नेपाली हुनुमा मलाई यति गर्व लाग्छ– विश्वमा कहीँ नभएको संस्कृति र संस्कार हाम्रो देशमा छ । विश्व इतिहासमा कसैको पनि गुलाम नभएको एउटा देश नेपाल । गर्वले छाती फुलीन्छ । हिमाल हाम्रै देशमा, पहाड हाम्रै देशमा, तराई हाम्रै देशमा, हरियाली घना बन हाम्रै देशमा, हिमालको चिसो कलकलाउदो पानी हाम्रै देशमा, नदीनाला हाम्रै देशमा, सगरमाथा हाम्रै देशमा, बुद्ध हाम्रै देशमा । नेपाली धनीपनको बयान गर्न म असमर्थ छु । त्यसर्थ, यही हाम्रो धनीपन विश्वमा पुर्यााउन म साइकल यात्रामा छु” बताए ।
तपाईंको साईकल यात्राको मुल उद्देश्य चैँ के हो त भन्ने प्रश्नमा– “मेरो एउटै उद्देश्य भनेको विश्वभरका मानिसहरूबिच विश्व शान्ति र भाइचारा अभिवृद्धि गर्ने हो । आफ्नो देशको विभिन्न जाति, धर्म, पेसा, प्रकृति र भूगोलको कला र संस्कृतिलाई हृदयमा बोकेर विश्व शान्ति र मानवीय भाइचाराको सन्देश फैलाउनै नै मेरो मूलभूत उद्देश्य हो । नेपालको गौरवपूर्ण इतिहासलाई विश्वमा पु¥याउने र नेपाललाई शान्तिभूमिको रूपमा पर्यटन अभिवृद्धि गर्ने पनि मेरो उद्देश्य हो । संसारभरका मानिसहरू पैसाको निमित्त एकअर्काबीच लडाइ लडिरहेको बेला शान्ति र भाइचाराको सन्देश मार्फत सबैमा प्रमभाव जागृति गराउने नै मेरो अन्तर उद्देश्य हो,” बताए