• प्रदेश नंबर ३ सरकारले आजदेखि मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम हेटौंडा अस्पताल बाट सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १२:११

    चैत १७ हेटौंडा
    नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परिक्षण गर्ने उद्देश्यले प्रदेश नंबर ३ सरकारले आजदेखि मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम हेटौंडा अस्पताल बाट सुरु गरेको छ ।
    मुख्यमन्त्री डोरमणी पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै नसर्ने रोगबाट अकालमा मर्नुपर्ने विरामीको संख्यामा कमि ल्याउने र जनतालाई आफ्नो स्वास्थ्यको बवस्थाको विषयमा जानकारी दिने उदेश्य यो कार्यक्रम राखिएको जानकारी दिए ।

    गत माघ २४ गतेको मन्त्रिपरिषद्बाट पारित कार्यविधि अनुसार यसवर्ष प्रदेशका मकवानपुरसहित ५ वटा जिल्लाका जिल्ला अस्पतालबाट सेवा सुरु हुनेछ । मकवानपुरको हेटौंडा अस्पतालसँगै धादिङ अस्पताल, भरतपुर अस्पताल, चौतारा अस्पताल र सिन्धुली अस्पतालमा १० दिनभित्र कार्यक्रमको सरुवात गरिने सामाजिक विकास मन्त्री युवराज दुलाले जानकारी दिए ।

    चालू आवमा ३० वर्षभन्दा माथिका विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयम्सेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परिक्षण गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिने बताइएको छ । त्यसका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । वडाको सिफारिसका आधारमा लक्षित वर्गका नागरिकले अस्पतालबाट १६ प्रकारको जाँच सेवा निःशुल्क पाउनेछन् । समग्र स्वास्थ्य परिक्षण प्याकेजमा युएसजी, इसीजी, फोक्सो, कलेजो, मृगौला जाँच, रगत परिक्षणलगायत रहेका छन् ।

    हेटौंडा अस्पतालमा दैनिक ३० जनासम्मको स्वास्थ्य परिक्षण गरिने मन्त्रालयले जनाएको छ । परीक्षणको लागि सम्बन्धित वडा कार्यालयले सिफारिस गरेर पठाउनु पर्नेछ । सम्बन्धित वडा कार्यालयले सिफारिस गर्दा स्वास्थ्य परिक्षण गर्ने मितिसमेत तोकेर सिफारिस गर्ने र दैनिक ३० जनासम्मको मात्र परिक्षण गर्ने भएकाले लाइनमा बस्नुपर्ने समस्या नहुने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टको भनाइ थियो ।

    तोकिएको १६ प्रकारको परिक्षणमध्ये हाल तोकिएका सबै अस्पतालमा जनशक्ति र प्राविधिक उपकरण भने छैनन् । सबै अस्पतालमा युसएसजी, इसीजी, मृगौला जाँच गर्ने जस्ता उपकरण भने नरहेको मन्त्रालयका प्रवक्ता विष्टको भनाइ छ । आवश्यक उपकरण र जनशक्ति पनि प्रदेश सरकारले सहयोग गर्दै जाने र हाल उपलब्ध सेवाहरू भने सञ्चालन गर्दै जाने छ्न ।(समचार लालखबर डट कम बाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु