नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

बारा र पर्सामा आइतबार बेलुका आएकाे हावाहुरी र असिना–पानीका कारण मृत्यु हुनेकाे स‌ंख्या ३ दर्जन भन्दा माथि सयाैँ संख्यामा घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १८ गते, सोमबार १०:४४

चैत १८ बारा
तराईका जिल्लाहरु बारा र पर्सामा आइतबार बेलुका आएकाे हावाहुरी र असिना–पानीका कारण मृत्यु हुनेकाे स‌ंख्या ३ दर्जन नाघेकाे छ ।

आइतबार साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण बारा र पर्सामा कम्तीमा पनि २५ जनाकाे मृत्यु भएकाे छ भने सयाैँ संख्यामा घाइते भएका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा २५ जनाकाे ज्यान गएकाे जानकारीमा आएकाे भन्दै उद्धारमा खट्न निर्देशन दिनुभएकाे छ । उहाँका अनुसार ४०० भन्दा बढी घाइते भएको पुष्टि गरिएकाे छ ।

उहाँले बिहानैबाट आवस्यक उद्धार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिँदै राति नै अर्काे ट्विट गर्नुभएकाे थियाे, ‘मौसमले साथ दिएमा तत्काल उद्धार गर्न काठमाडौंको एयर बेसमा नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु ।’

यद्यपि राति अबेरसम्म हावाहुरी र असिनापानी बर्सिएकाले क्षतिकाे वास्तविक विवरण अझै आउन बाँकी छ । घाइतेकाे र मृतककाे संख्या बढ्नसक्ने जनाइएकाे छ ।

कैयाैँ घरका छाना उडेका छन् भने भित्ता ढलेका । बिजुलीका पाेल र रुख समेत ढलेका छन् । बिजुलीबत्ती समेत अवरुद्ध भएकाे प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीका अनु्सार राति १ बजेसम्म मृत्यु हुनेकाे संख्या २७ पुगेको छ भने घाइतकाे संख्या ५०० नाघेकाे छ । सबैभन्दा बढी बारामा धनजनकाे क्षति भएकाे छ ।

पछिल्लाे अपडेटअनुसार घाइतेहरूको उद्धार गरी वीरगंज पुर्याइएकाे छ । उनीहरुकाे नारायणी उपक्षेत्रीय अस्पताल लगायतमा उपचार भइरहे पनि कति बिरामीका लागि बेड अभाव देखिएकाे छ ।

घाइतेहरुकाे उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टाेली ठूलो संख्या खटिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु