तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमालय एयरलाइन्सले थाल्यो युएईको आबुधावी उडान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १८ गते, सोमबार १०:५६

युएई–हिमालय एयरलाइन्सले आइतबारदेखि युएईको आबुधाबी उडान सुरु गरेको छ । आइतबार पहिलो पटक उडान भरेको हिमालय एयरलाइन्स आउने–जाने दुबैतर्फी (१५८ सिट) टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलीसका सञ्चालक एवं एनआरएनए आईसिसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले बताए ।
आवुधावी एयरपोर्टका सिनियर पदाधिकारी, अपरेसन हेड, एयरपोर्टका पदाधिकारीहरूलगायत अन्य विभिन्न कार्यकारी व्यक्तित्वहरूको सहभागितामा एक भव्य कार्यक्रमसहित आइतबारदेखि उडान सुरु भएको थियो । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशी पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएकोले काठमाडौँ–आबुधाबी–काठमाडौँको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने ढुङ्गानाले बताए ।
ढुङ्गानाले दिएको जानकारी अनुसार बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ । साँझ ८ बजेर ४५ मा काठमाडौँबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु