तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भारतका प्रमुख दुई शहर दिल्ली र मुम्बईमा कतार भिसा सेन्टर स्थापना नेपालमा छिट्टै सञ्चालन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १८ गते, सोमबार ११:०६

काठमाडौं –भारतका प्रमुख दुई शहरमा कतार भिसा सेन्टर स्थापना भएको छ । कतार सरकारले भारतमा पहिलो कतार भिसा सेन्टर (क्युभीसी) भारतको राजधानी नयाँदिल्लीमा यही मार्च २७ मा शुरु गरेको छ साथै २९ मार्चमा मुम्बईमा पनि सेन्टरले सेवा शुरु गरेको छ । आन्तरिक मामिला मन्त्रालय अन्तरगत रहेको भिसा सपोर्ट सेन्टर कतारको कार्यकारी निर्देशक मेजर अब्दुल्लाह खलिफा अल मोहन्नदी सहित दुवै देशका अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा भव्य रुपमा कतार भिषा सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कतारले भारतका अन्य प्रमुख शहरहरु कलकत्ता, लखनउ, हैदराबाद, चेन्नइ र कोचीमा गरी पाँच थप भिषा सेन्टरहरू छिटै शुरु गर्ने कतार भिसा सेन्टरका प्रतिनिधिले बताए । यो भन्दा पहिला कतार भिसा सेन्टर श्रीलंका, बङ्गलादेश र पाकिस्तानमा सफलतापूर्वक सञ्चालन भइरहेको छ ।
क्युभीसी स्थापना भएका देशहरूमा कतार भिषा सेन्टरले कामदार भिषा प्रक्रियालाई सहजीकरण र तीव्र बनाउनुका साथै कामदारहरूको फिंगर प्रिन्ट, बायोमेट्रिक (जैविक) विवरण अभिलेख, मेडिकल चेकअप र रोजगारी सम्झौतापत्रमा हस्ताक्षर जस्ता कामहरू सहजरुपमा आफ्नै (स्वदेश) देशबाटै गर्न पूर्णरुपमा सघाउने गरेको छ ।
यस्तै कतारले अब छिट्टै नेपालमा पनि कतार भिषा सेन्टर (क्युभीसी) शुरु गर्न लागेको छ । काठमाडौँ महाराजगन्जमा कतार भिषा सेन्टरको लागि कार्यालय समेत स्थापना भइसकेको छ । तर, नेपाल सरकारकै ढिलाइको कारण नेपालमा क्युभीसी सञ्चालनमा ढिलाइ भएकोमा केही दिन पहिला सरकारी टोलीको कतार भ्रमणको क्रममा सहमति भएपछि अब छिट्टै नेपालमा पनि क्युभीसी सुचारु हुने बताइएको छ । क्युभीसी सुचारु भएपछि रोजगारीको लागि कतार जान चाहने नेपाली कामदारहरुलाई एकदमै सहज हुने र नेपालको लागि फाइदाजनक रहेको दाबि सम्बन्धित पक्षको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु