• चीन सम्बन्धका ज्ञाता प्रेम सागर पौडेललाई अष्ट ज अभियानमा स्वागत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ११:१४

    १८ चैत, काठमाडौं । वरिष्ठ पत्रकार राष्ट्रवादी चिन्तक नेपाल–चीन सम्बन्धका ज्ञाता प्रेम सागर पौडेललाई अष्ट ज अभियानमा स्वागत गरिएको छ ।

    अष्ट ज अभियान नेपालको सम्पर्क कार्यालय धोविधारामा आयोजित एक संक्षिप्त कार्यक्रममा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले अभियन्ता पौडेललाई आजीवन सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।

    सो अवसरमा पौडेलले अष्ट ज मार्फत् कृषि व्यवसायिकरणको अभियानमा अझ बढि क्रियासील हुने तथा माटो र राष्ट्रप्रेमको यात्रामा उत्प्रेरणा थपिने विस्वास व्यक्त गरे ।

    कार्यक्रममा अभियानका वरिष्ठ उपाध्यक्ष खेम शर्मा पौडेल, महासचिव निलकण्ठ तिवारी, आजीवन सदस्य अक्कल बहादुर तामाङ, सल्लाहकार मुकुन्द आचार्य, प्रकाश चन्द्र गिरी र राजु भट्टलगायतका अभियन्ताहरुको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु