तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रास्ट्रपति द्वारा हावाहुरीका कारणले बारा र पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १८ गते, सोमबार १५:५३

चैत १८,काठमाडौ ।सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७५ साल चैत्र १७ गते आइतबार साँझ वर्षासँगै आएको भिषण हावाहुरीका कारणले बारा र पर्सालगायतका जिल्लामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । यस घटनामा ठूलो संख्यामा जनसमुदाय घाइते भएकोमा सहानुभूति प्रकट गर्नुहुँदै घाइतेको यथाशीघ्र उपचारको प्रवन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । सम्माननीय राष्ट्रपतिज्यूले उक्त आँधिबेहरीले त्यस क्षेत्रमा रहेका घर, सवारीसाधन, अन्नबाली, फलफूलखेतीका साथै अन्य भौतिक संरचनामा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुहुँदै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने कुरा बताउनु भएको छ । हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्व सावधानी अपनाउन समेत ध्यानाकर्षण गराउनु भएको छ । साथै भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्यूनीकरणका सबल उपायहरू अवलम्बन गर्न सरोकारवाला सबै पक्षहरू सचेत रहनुपर्ने कुरा सम्माननीय राष्ट्रपतिज्यूले बताउनु भएको छ ।
साथै, हालै मुलुकका विभिन्न भागमा भएका सडक दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदना प्रकट गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु