दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १८ गते, सोमबार १६:०८

काठमाडौं, १८ चैत्र – पर्यटन क्षेत्र सम्बद्ध वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्स प्रालिमा नयाँ ब्यवस्थापन आएको छ । वोर्ल्ड टचको ब्यवस्थापन जिम्मेवारी युवा पर्यटन ब्यवसायीद्वय रमेश पौडेल र प्रकाश शाक्यले लिएका हुन ।

वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले हाल काठमाडौं पोखरा रुटमा पर्यटक पारवहन सेवा उपलब्ध गराउदै आएको छ । उक्त कम्पनीले एअर कन्डिसन, हीटिङ सिस्टम, अडियो भिडियो एबम म्यूजिक सिस्टम, निशुल्क मिनिरल वाटर र वाईफाई सेवा सहितको सुविधा सम्पन्न २ वटा बसहरु उक्त रुटमा संचालन गर्दै आएको छ ।

वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले नेपालका प्रमुख पर्यटकिय गन्तब्य स्थलहरु पोखरा,सौराहा, लुम्बिनी, जनकपुर, ईलाम लगायतका स्थान र दार्जलिङसम्मको टुर प्याकेज समेत सन्चालन गर्दै अाइरहेको कम्पनीका प्रबन्ध निर्देशक रमेश पौडेलले बताए । वोर्ल्ड टच टुर्स् एण्ड ट्राभल्सले पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै थप सेवा विस्तार गर्न लागेको जानकारी समेत उनले दिए । प्रबन्ध निर्देशक पौडेलले भिजिट नेपाल २०२० लाई सफल पार्न पर्यटन ब्यवसायी र सरकारको प्रयास मात्रै पर्याप्त नहुने बताउदै सबै जना नेपालीहरु एकजुट भई उक्त अभियानलाई सफल पार्न लागिपर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु