• त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार १७:३५

    चैत १८,काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् ।

    मानवशास्त्र केन्द्रीय विभागका थेसिस गर्दै गरिरहेका शेर्पाले सगरमाथाको शिखर चुम्ने पहिलो विश्वविद्यालयको छात्रको रुपमा विश्व कीर्तिमान कायम राख्ने लक्ष्य बनाएका छन् ।

    त्रिवि उपकुलपति प्रा.डा तीर्थराज खनियाले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सम्मान गर्दै सगरमाथा आरोहणको शुभकामना व्यक्त गरे । विश्व विद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्व किर्तिमान राख्न लागेका शेर्पाले विश्व विद्यालयको झण्डा सगरमाथामा फर्फराउने भएका छन् ।

    २०४२ साल जेठ १५ गते सोलुखुम्वुमा जन्मिएका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न छन् । पर्वतारोहणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिमसमेत प्राप्त गरिसकेका शेर्पाको आरोहण मे ५ वाट विधिवत रुपमा शुरु हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु