आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशन को सहयोग
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १८ गते, सोमबार १८:२९
चैत १८,बारा। बारा जिल्लाका आँधी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ हस्तान्तरण गरेको छ। अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाह लगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरियो ।