आँधीहुरी पीडितहरुलाई प्रवासी नेपाली एकता मञ्च कतारले १ लाख सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २० गते, बुधबार १९:१८

चैत २०, काठमाडौं- गत आइतबार साँझ आएको आँधीहुरीबाट पीडितहरुलाई प्रवासी नेपाली एकता मञ्च कतारले रु एक लाख सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी [नेकपा] निकट प्रवासीहरुको संगठन मञ्चले पार्टी मुख्यालयको प्राकृतिक विपत्ति कोषमा सो रकम जम्मा गरेको हो। आज दिनको दुई बजे कतारवाट आएका मञ्चका पुर्ब अध्यक्ष तथा मञ्चका प्रतिनिधी रमेश भट्टले सो सहयोग रकम हस्तान्तरण गरेका हुन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु