चलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानितपलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान

गैर आवासीय नेपाली संघ मध्यपुर्ब र मलेसियाका पदाधिकारीहरुले बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २१ गते, बिहीबार १२:१९

काठमाडौं(जस)–गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपुर्ब र मलेसियाका पदाधिकारीहरुले बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण गरेको छ । एनआरएन आईसिसी सचिब डिबी क्षेत्रीको नेतृत्वमा गएको टोलीमा एनआरएन आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएन मध्यपूर्व संयोजक आर के शर्मा, मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ,एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठ, एनआरएन पूर्व मध्यपूर्व उपसंयोजक धर्मराज गिरी, एनआरएन पुर्व एसिया प्यासिफिक उपसंयोजक गोबिन्द श्रेष्ठलगायतको उपस्थितिमा बारामा राहत वितरण गरिएको हो ।

गैर आवासीय नेपाली संघ मध्य पूर्व र मलेसियाको सहकार्यमा बाराको शुभर्ण गाउ पालिका हार्दियाको दलित टोल, फेटा तथा भर्वालियामा हावाहुरी प्रभावीत ५०० घर परिवारलाई अहिले सम्म कसैले बितरण नगरेको अती आवश्यक सामान एपियफ र स्थानीयहरुको सहयोगमा टेन्ड,झुल र गर्मीमा समेत ओड्न मिल्ने कमल राहत वितरण गरेको छ ।
एनआरएन मध्यपूर्व र मलेसियाको टोलीले बाराको गाउँ–गाउँमा गएर झुल, टेन्ट र खानपिनका सामानहरु वितरण गरेको एनआरएन सचिब डिबी क्षेत्रीले जानकारी गराए । एनआरएन मध्यपूर्व र मलेशियाका काठमाडौंमा रहेका पदाधिकारीले बाराका सम्बन्धित ठाउँका सरोकार वालाहरुको समन्वयमा राहत बितरण गरेको आईसिसी सदस्य गोर्खालीले बताए । यो नितान्त ‘इन्डिभिजुएल सेल्फ कन्ट्रिव्युसन’ भएको सचिब क्षेत्रीले बताए । एनसिसी र अन्य संस्थागत हुने सबै सहयोग रकम सचिवालयको खातामा जम्मा गरिने र त्यो रकम आबश्यकता अनुसार एनआरएनएका केन्द्रिय पदधिकारीको बैठकले निर्णय गरेर मात्र निकासा हुनेसमेत क्षेत्रिले बताए ।

प्रभाबित क्षेत्रमा जान नसके पनि नेपाली बिजनेस एसोसिएसन्स कतारका उपाध्यक्ष राज रेग्मीले असी हजार रुपैया र अन्तरास्ट्रिय मुस्लिम समाज कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पचास हजार रुपैया हावा हुरीबाट प्रभावितको सहयोगको लागि दिएकोमा एनआरएन मध्यपुर्ब उपसंयोजक प्रविन गुरुङले धन्यबाद व्यक्त गरे गुरुङले सहयोगी हातहरु सबैपर्ति नमन व्यक्त गर्दै प्रभावित क्षेत्रमा पुग्न नसक्ने एनआरएनहरुलाई पनि सानो ठुलो सहयोग गर्नको लागि अनुरोध गरे ।
बिभिन्न एनसिसीहरुको उत्सहजनक र भाबनात्मक सहभागिताले आनन्दित तुल्याएको हुँदा सबै एनसिसी र आइसिसीका मित्रहरुको सहभागिताको आशा गरेको समेत क्षेत्रिले बताए । एनआरएन टोलीले स्थानीय निकायका पदाधिकारीसँग सहकार्य गरि छलफलपश्चात उनीहरुको रोहबरमा राहत वितरण गएको हो । त्यस्तै, एनआरएनको आईसिसि उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले हावाहुरी प्रभावित गाउँका ५ सय घरधुरीलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र एक लिटर तेल वितरण गरेको छ ।
टोलीमा एनआरएनका उपाध्यक्ष पन्तसहित, प्रवक्ता भुषण घिमिरे, सल्लाहकार रामेश्वर शाह तथा पूर्व महासचिव रतन झा, एनआरएन जर्मनीका उपाध्यक्ष मिलन पन्तगायत सहभागी रहेका थिए । गैरआवासीय नेपाली संघद्वारा हावीहुरीले अति प्रभावित बाराको तेलगाई(८०), हरदिया(१०३), पसुरामपुर(१००), रमपुरवा(१६७) र अन्य स्थानको लागि बारा प्र.जि.अ.को कार्यालय लाई ५० प्याकेट गरी जम्मा ५०० थान खाद्यान्न सामागी्रको राहत प्याकेट वितरण गरेको एनआरएन आईसिसि उपाध्यक्ष कुमार पन्तले बताए ।