नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

प्रदेश २ को ८ वटै जिल्लामा रद्द र बाँकी एसइई को परीक्षाआज देखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २२ गते, शुक्रबार ११:३४

चैत २२ जनकपुर । प्रश्नपत्र आउटपछि प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यमिक (एसइई) परीक्षा आजदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसईई परीक्षा अन्तर्गत शुक्रबार विज्ञान विषयको पुनः परीक्षा हुँदैछ ।

प्रदेश २ को ८ वटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । चैत २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ ।

प्रदेश २ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७२ हजार ४९ परीक्षार्थी परीक्षामा भाग लिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी बताउनुभयो ।

चैत २२ देखि चैत २९ गतेसम्म चल्ने परीक्षा मर्यादित्त बनाउन र अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्ष बाहेक परीक्षामा खट्ने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ ।

बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खट्ने केन्द्राध्यक्ष बाहेक सबैलाई मोबाइल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षाकेन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिएको छ ।

यसअघि विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै पश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षाबोर्डले दुवै विषयको परीक्षाको साथै अन्य बाँकी विषयको परीक्षासमेत स्थगित गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु