इटाली, २२ चैत्र । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्यव समिति इटालीको सातौं बैठक इटालीको रोममा सम्पन्न भएको छ । यहि मार्च ३१ मा संघका अध्यक्ष दिपेसकुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले यहि आउदो अगष्ट ३ र ४, २०१९ मा इटालीको रोममा हुन गैरहेको गैर आवासीय नेपाली संघको १२ औ युरोप क्षेत्रीय बैठक तथा १० औ महिला सम्मेलन भब्यतकासाथ सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले क्षेत्रीय भेलाकालागि तयारी स्वरुप विभिन्न महत्वपूर्ण निर्णय गर्दै विशेष समिति तथा उपसमितिहरु गठन गरेको हो । गठन गरिएका समितिहरु यसप्रकार रहेका छन् :
fund raising comittee : बैठकले आइसीसी सदस्य क्षेत्रकुमार श्रेष्ठको संयोजकत्वमा एनसिसि अध्यक्ष दिपेसकुमार रेग्मी, उपाध्यक्षद्वय देवराज गुरुङ, मनोजकुमार कार्की, महासचिब, छबिलाल कंडेल, कोषाध्यक्ष असोक उप्रेती, नेपाली समाज रोमका अध्यक्ष हरिभक्त काराखेती र नेपाली समाज भेनिसका अध्यक्ष राजन चापागाईं रहने गरि समिति गठन गरेको छ ।
local management comittee : यसै गरि बैठकले अध्यक्ष दिपेसकुमार रेग्मीको सम्योजकत्त्वोमा उपाध्यक्ष मनोजकुमार कार्की र इटाली स्थित सम्पूर्ण स्थानीय नेपाली समाजका अध्यक्षहरु रहनेगरि समिति गठन गरेको छ ।
hall, acomodation, food and beverage management committee संघका उपाध्यक्ष देवराज गुरुङको सम्योजकत्वोमा हरिभक्त काराखेती, प्रकाश महर्जन रहने गरि समिति गठन गरियो ।
transpotation management committee : क्षेत्रकुमार श्रेष्ठ, दिपेस कुमार रेग्मी ।
volunteer management committee : नेपाली समाज रोमका अध्यक्ष हरिभक्त काराखेती संयोजक र सम्पूर्ण स्थानीय नेपाली समाजका प्रतिनिधि रहनेगरी समिति गठन गरियो ।
cultural programme management committee : एनआरएन इटाली कार्यसमिति र अन्तरास्ट्रिय कलाकार संघ इटालीको प्रतिनिधित्वॊ रहने गरि बैठकले समिति गठन गरेको छ ।
Registration management committee : यसै गरि भवेशकुमार सिंह संयोजक, अशोक उप्रेती सदस्य रहने गरि समिति गठन गरेको छ ।
Media and communication team : यसैगरि बैठकले महासचिब छबिलाल कंडेलको सम्योजकत्वोमा मनोजकुमार कार्की र भवेशकुमार सिंह रहने गरि समिति गठन गरेको छ ।
बैठकले १२ औ क्षेत्रीय सम्मलेन पूर्णरुपमा सफल बनाउनको सम्पूर्ण इटालीबासि नेपाली दाजुभाई दिदिबहिनि , नेपाली समाज संघ संस्था, सबैमा हार्दिक अपिल गरेको छ।
येसैगरि बैठकले यहि आउदो ०५/०५/२०१९ मा प्रथम र दोर्सो बिस्व युद्दमा ज्यान गुमाउने बिर नेपालीहरुको सम्झनामा इटालीको आरेच्छोमा रहेको समाधि स्थल (चिमितेरो ) मा बिसेष श्रदान्जली शभाको आयोजना गर्ने निर्णय गरेको छ । गत वर्षबाट शुरुभएको एनआरएनए इन्टरसिटी फूटबल प्रतियोगिताको दोर्स्रो संस्करण 2nd इन्टरसिटी फूटबल् इटालीको मिलान शहरमा यहि आउदो जुन १ र २ तारिक २०१९मा भव्यताका साथ् सम्पन्न गर्ने निर्णय गरेको छ। बैठक ले IMS (INFORMATION MANAGEMENT SYSTEM ) अनुसार पंजीकृत सदस्यताको लागि ०१/०५/२०१९ देखि ३१/०७/२०१९ आबेदन खुला गर्ने निर्णय गरेको छ! बैठकमा रोम स्थित नेपाली कन्सोलर पाओलो नुगारीको पनि उपस्थिति रहेको थियो ।