• यू–१९ विश्वकप छनौट खेल्ने नेपाली टिमको बिदाई, यस्तो छ खेल तालिका

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १९:२४

    काठमाडौं–आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर खेल्न जान लागेको नेपाली टिमलाई बिदाई गरिएको छ । नेपाली यू–१९ टिम शनिबार अपराहन्न मलेसियातर्फ प्रस्थान गर्दै छ । मलेसियामा नेपाली यू–१९ टिमले अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर प्रतियोगिता अन्तर्गत आगामी अप्रिल १२ मा सिंगापुरसँग पहिलो खेल खेल्दै छ । त्यस्तै दोस्रो खेल अप्रिल १३ मा युएईविरुद्ध खेल्ने छ । त्यस्तै अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग खेल्ने छ भने अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।

    छनौट प्रतियोगिताको विजयी टिम एशिया क्षेत्रबाट विश्वकपका लागि छनौट हुने छ । मलेसियामा हुने यू–१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम छानिएको छ । यू–१९ टिममा रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा आकास चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल रहेका छन् ।

    त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् । नेपाली यू–१९ टिमले हालै भारतको आन्ध्र स्टेट क्रिकेट टिमसँग हुने ६ अभ्यास खेल खेलेर फर्किएको थियो । नेपालले आन्ध्राको यू–१९ टिमलाई ४–२ ले पराजित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु