
काठमाडौँ। ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको ‘इएनआई डी सिने अवार्ड २०७५’को एघारौं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ । निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपाल कै पहिलो महिला छायाँकार सवनम मुखिया रहेकी छिन् ।
यस वर्ष प्रदर्शन भइसकेका र भइरहेका ९४ फिल्महरुलेत्रहरुले इएनआई छायांछवि डी सिने अवार्ड –०७५मा सहभागीता जनाइरहेका छन् । ९४ चलचित्रलाई ‘प्रिजज’ बाट सिफारिस गरिएपछी मात्र यि निर्णायकहरुले फिल्म हेरिरहेका छन् । नेपालकै प्रतिष्ठित एवं विश्वसनिय अवार्डका रुपमा हेरिने गरिएको इएनआई छायांछवि डि सिने अवार्ड उपत्यका बाहिर समेत गर्ने गरिएको भएता पनि यसपटक भने आगामी बैशाख २१ गते काठमाडौंमै आयोजना गरिने आयोजक संस्था छायाँछविले जनाएको छ ।


