तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २३ गते, शनिबार १९:३६

काठमाडौँ, चैत २३ ।  जिल्लामा उत्पादित सामग्रीको प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले आगामी बुधबारदेखि ललितपुरको मङ्गलबजारमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला, ‘२०७५’ को आयोजना गरिने भएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने अन्तर्राष्ट्रिय व्यापार मेला पाँच दिनसम्म चल्नेछ । जिल्लाभरमा रहेका स्थानीय उत्पादन र व्यवसायलाई प्रवद्र्धन गर्न वर्षेनी गर्दै आएको महोत्सव यसवर्ष पनि निरन्तरता दिन लागिएको सङ्घले जनाएको छ । महोत्सवले स्थानीय स्रोत र साधनको प्रयोग गरेर उत्पादित सामग्रीको बजार विस्तारमा सहयोग पुग्ने आशा गरिएको सङ्घका महासचिव मनोजबहादुर न्याछ्योँले बताउनुभयो । महोत्सवले समग्र जिल्लाका उद्योग व्यवसायलाई समेट्ने आयोजकको दाबी छ । यही चैत २७ बाट शुरु हुने महोत्सव आगामी वैशाख १ गते सम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु