
मो.मोजिबुलाह रौतहट गौर,२४ चैत । जिल्लाको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र प्रसाद पटेलको कारण नगरसभा हालसम्म नभएको आरोप वडाध्यक्षलगायत कार्यपालिका सदस्यहरूले लगाएका छन् । उपप्रमुख परनियादेवी पटेलको अगुवाईमा नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन गरी सो आरोप लगाइएको हो ।
वडाध्यक्ष अनिलकुमार झा, डा रामप्रवेश पटेल, हरिप्रसाद पटेल, अद्यानन्द उपा–ध्यायलगायतका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले माघ महीनामैं वडा भेला भई बजेट बाडँफाड भएपनि प्रमुखले नगरसभा बोलाउन आलटाल गरेको बताए ।
प्रमुखलाई ३ करोड २५ लाख, उपप्रमुखलाई २ करोड १२ लाख, प्रत्येक वडामा ७० लाख, कार्यपालिका सदस्यलाई १५ लाख, चालू खर्च ५ करोड, सामाजिक सुरक्षा भत्ता ७ करोड, सशर्त अनुदान ८ करोड गरी बजेट विनियोजन भएको उनले बताए ।
ग्रामीण विद्युतीकरणमा ४० लाख रुपैयाँ मन्त्रालयबाट आएको ६ महीना बितिसक्दा पनि कार्यसञ्चालन नभएको उनीहरूले बताए ।विगतमा खरीद भएको मोटर तथा स्प्रे टङ्कीसमेत वितरण नभएको बताइएको छ । कागजमा मात्र खरीद गरी लाखौं रुपैया“ अनियमितता गरिएको बताइएको छ । देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र प्रसाद पटेलसँग सम्पर्क गर्दा विगतमा खरीद भएको मोटर र स्प्रे टङ्की सहमतिको आधारमा वितरण गर्ने बताए ।
राजनीतिक सहमति नभएको कारण असारमा हुने नगरसभा हालसम्म नभएको उनले बताए । राजनीतिक अल्पमत र बहुमतको कारण सहमति हुन नसकेको उनले बताए ।
वडाध्यक्ष अनिलकुमार झा, डा रामप्रवेश पटेल, हरिप्रसाद पटेल, अद्यानन्द उपाध्यायलगायतका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले माघ महीनामैं वडा भेला भई बजेट बाडँफाँड भएपनि प्रमुखले नगरसभा बोलाउन आलटाल गरेको बताए ।
प्रमुखलाई ३ करोड २५ लाख, उपप्रमुखलाई २ करोड १२ लाख, प्रत्येक वडामा ७० लाख, कार्यपालिका सदस्यलाई १५ लाख, चालू खर्च ५ करोड, सामाजिक सुरक्षा भत्ता ७ करोड, सशर्त अनुदान ८ करोड गरी बजेट विनियोजन भएको उनले बताए ।
ग्रामीण विद्युतीकरणमा ४० लाख रुपैयाँ मन्त्रालयबाट आएको ६ महीना बितिसक्दा पनि कार्यसञ्चालन नभएको उनीहरूले बताए ।
विगतमा खरीद भएको मोटर तथा स्प्रे टङ्कीसमेत वितरण नभएको बताइएको छ । कागजमा मात्र खरीद गरी लाखौं रुपैया“ अनियमितता गरिएको बताइएको छ । देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र प्रसाद पटेलस“ग सम्पर्क गर्दा विगतमा खरीद भएको मोटर र स्प्रे टङ्की सहमतिको आधारमा वितरण गर्ने बताए ।
राजनीतिक सहमति नभएको कारण असारमा हुने नगरसभा हालसम्म नभएको उनले बताए । राजनीतिक अल्पमत र बहुमतको कारण सहमति हुन नसकेको उनले बताए ।


