• काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १६:०७

    चैत २४, काठमाण्डौ
    सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशकले अनुरोध गरेका छन् ।

    व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उहाँले सुझाव दिनुभएका छन् । खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुका भनाइ छन् ।

    काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछि निगरानी बढाइएको पशु सेवा विभागले जनाएका छन् । काठमाण्डौको नारायणहिटी दरबार र बेलायती दुतावास रहेको क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागमा बर्ड फ्लू भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागका उपमहानिर्देशकले जानकारी गराएका छन्।

    जंगली पन्छीमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुने उहाँको भनाइ छ । बर्डफूलू भएर मरेका पन्छीलाई तत्कालै गाड्ने र सक्रमण देखिने वित्तिकै नष्ट गर्ने, फार्मको जैविक सुरक्षा गर्ने, अरु पन्छीको पनि खोर ब्यवस्थित गर्नेलागयतका काम भइरहेका उनले बताएका छन् ।

    बाहिरी देशका कतिपय ठाउँका पन्छीमा पनि बर्डफ्लूको संक्रमण देखिएकाले ती देशबाट आउने मौसमी पन्छीले पनि नेपालमा बर्ड फ्लू सारेको हुनसक्ने उनले बताएका छन् ।

    काठामाण्डौ भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममासमेत अहिले बर्ड फ्लू भेटिएका छन् । यस्तै मोरङका दुईवटा र सर्लाहीको एउटा कुखुरा फार्ममा पनि बर्ड फ्लू पुष्टि भएका छन् । ती क्षेत्रका धेरैजसो २४ देखि २८ हप्ताका लेयर जातका कुखुरामा बर्ड फ्लू भेटिएका पशुसेवा विभागले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु