चैत्र २५ काठमाण्डौमा
काठमाण्डौमा सोमबार सकेट बम फेला परेको छ।
बसुन्धरामा स्थित ओसिस क्याफे पछाडी एउटा घरमा तिन तला माथिको कार्यालयमा सकेट बम फेला परेपछि सबै त्रसित भएका थिए
द वल्ड कल्चर आर्ट एसोसियन अफ नेपालको कार्यालयमा बम फेला परे पछि नेपाली सेनाको डीस्पोजर टोलीले करिब अपरान्ह ४:३० बजे डीस्पोज गरेको छ।काठमाण्डौमा प्रहरी परिसरका प्रहरी प्रमुख एस एस पी वसन्त लामाले लाल खबरलाई जानकारी दिए।
कसले बम राख्यो भन्ने खोजि कार्य भैरहेको र आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको बताउदै प्रहरी वृत्त माहारजगंजले अनुसान्धान सुरु गरेको प्रमुख एस एस पी लामाले बताए। लालखबर बाट