• मनाङमा २६ हाेमस्टेका महिलालाई सिप विकास तालिम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १५:५९

    मनाङ, चैत्र २७ – मनाङ जिल्लाकाे नासाे गाउपालिका ताचैमा रहेकाे ताचै हाेमस्टेका महिलाहरू यतिवेला सीप सिकेर आयआर्जन गर्न सक्ने भएपछि दंग भएका छन् । हाेमस्टेमा आउने आन्तरिक तथा वाहय् पर्यटकलाई आफुहरूले सिकेकाे सीप मार्फत फाईवरकाे माला तयार गरि स्वागत गर्न पाउने भएपछि यहाका महिलाहरू निकै खुसि भएका हुन् । गाउमा बाह्रै महिना फुल पाउन समस्या थियाे,यस्तो अवस्थामा पाहुनालाई स्वागत कसरी गर्ने भन्ने चिन्ता हामिलाई हुँदै आएकाेमा फाईवरकाे माला वनाउने तालिमले हाम्रो चिन्ता हटाईदिएकाे छ शान्ता गुरूङले भनिन् । घरेलु तथा साना उधाेग विकास समिति गन्डकि प्रदेश मनाङ र नासाे गाउपालिकाकाे सयुक्त आयाेजनामा संचालित फेवरिक माला तथा किर्ष्टलकाे गहना वनाउने तालिम समापनका अवसरमा महिलाहरू खुसि मात्र भएनन् आफुहरूले सिकेको सिपलाई आथिक आयआर्जनको रूपमा अगाडि वढाउने वताएका छन् । अाफ्नाे हातमा सिपभएपछि धेरै सामानहरू उत्पादन गरेर महिलाहरूले आयआर्जन गन सक्छन भन्ने सन्देश यस तालिमले दिएकाे जिल्ला समन्वयन समिति मनाङका सद्स्य समेत रहेकि हाेमस्टे संचालक शेषकुमारि घलेले बताईन् । तालिममा सहभागी महिलाहरूले अाफुले घाटिमा लगाउने माला,चुरा पनि निर्माण गर्न सिकेका छन । यस्ता तालिमले महिलालाई आयआर्जनमा राम्रै सहयाेग पुग्ने विश्वास शेषकुमारिकाे छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि नासाे गाउपालिका अध्यक्ष चन्द्र घलेले महिलालाई आयआर्जन गर्न र छाेटाे समयमा संचालन भएकाे यस तालिम निकै प्रभावकारि भएकाे धारणा व्यक्त गरे । जिल्लामै पहिलाेपटक संचालन भएकाे यस तालिमवाट सिकेकाे सिपलाई प्रयाेग गर्दा महिलाहरूले सहज रूपमा आम्दानि गर्ने र महिलाकाे आर्थिक विकाशका लागि गाउपालिकाले आवश्यकताकाे आधारमा सहयाेग गर्ने अध्यक्ष घलेले बताए ।

    घरेलु कार्यालय मनाङका कार्यालय प्रमुख प्रदिप न्याैपानेकाे सभापतित्वमा सम्पन्न साे तालिम समापन कार्यक्रममा वडा अध्यक्ष हुपजग गुरूग,नासाे हाेम स्टेका अध्यक्ष याद घले, क्रीष्टल गहना विज्ञ प्रशिक्षक कमला सुवेदी लगायतले सीप नहुने महिलालाई आत्मनिर्भर तथा स्वावलम्वि वनाउन र वेराेजगारि समस्या समधानका लागि तालिम निकै प्रभावकारि वनेकाे धारणा व्यक्त गरेका थिए । तालिममा २६ घर हाेमस्टेका २६ जना महिलालाई कार्यक्रमका प्रमुख अतिथि चन्द घलेले प्रमाणपत्र वितरण गरेका थिए । साे अवसरमा प्रमाणपत्र पाएकाहरू सिप सिकेर दिक्षित भएकाले आगमी दिनमा सिकेको सिपलाई मनाङका अन्य गाउका दिदि वहिनिलाई पनि सिकाउन घरेलुका कार्यालय प्रमुख प्रदिप न्याैपानेले आग्रह गरे । हाेमस्टेमा आउने पाहुनालाई मालाद्वारा स्वागत गर्नु र आम्दानि गर्न सकुन भन्ने उदेश्यका साथ तालिम दिईएकाेमा साे लक्ष्य पूरा भएकाे विश्वास घरेलु कार्यालयका प्रमुख न्याैपानेकाे छ ।

    पर्यटकिय दृष्टिकोणले मनाङ अगाडि रहेकाे समयमा मनाङकाे नासाे गाउपालिकाकाे ताचै र ओडारमा गरि दुई वटा हाेमस्टे संचालनमा रहेकाे छ । यतिवेला वाहय् पर्यटककाे अाकर्सषण वढिरदा उनिहरूकाे स्वागतका लागि फाईवरकाे माला निकै प्रभावकारि हुने स्थानियको बुझाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु