दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल अभिभावक महासंघको संयोजकमा भण्डारी र देवकोटा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २८ गते, बिहीबार ११:३६

काठमाडौं, नेपाल अभिभावक संघ र राष्ट्रिय अभिभावक संघ एकिरण भएर नेपाल अभिभावक संघ बनेको छ। नयाँ बनेको महासंघमा ३६ सदस्यीय तदर्थ समिति र १० सदस्यीय सचिवालय गठन भएको हो ।

विसं २०५१ सालमा स्थापना भएको नेपाल अभिभावक संघ र २०५९ सालमा स्थापना भएको राष्ट्रिय अभिभावक संघको एकिकरण पस्चात नेपाल अभिभावक संघ घोषणा भएको हो।

महासंघका संयोजकमा अभिभावक संघका पुर्वअध्यक्ष शुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक संघका पुर्व अध्यक्ष धर्मदत्त देवकोटा संयोजक रहेका छन्। महासंघले नियमित कार्यसंचालन गर्न संयोजकद्धय भण्डारी , देवकोटा र निवर्तमान अध्यक्षद्धय केशव पुरी र यादव प्रसाद शर्मा रहने गरी चार सदस्यीय स्थायी समिति गठन गरेको छ। शिक्षाका विभिन्न १० संगठन गाभिएर बनेको महासंघमा १० वटा क्षेत्रमा विभिन्न पदाधिकारीलाई जिम्मेवारी दिइएको छ।

सामुदायिक विद्यालय अभिभावक संघको संयोजकमा रामप्रसाद न्यौपाने र सहसंयोजकमा रघुनाथ महर्जन, संस्थागत विद्यालय अभिभावक संघको संयोजकमा सुभास भण्डारी र सहसंयोजकमा कोषबहादुर जिसी, प्राविधिक शिक्षा अभिभावक संघको संयोजकमा गुणराज गौतम र सहसंयोजकमा सचितानन्द घिमिरे, विश्वविद्यालय अभिभावक संघको संयोजकमा सरिता अर्याल र सहसंयोजकमा गंगा पराजुली, विदेशमा अध्ययनरत विद्यार्थीका अभिभावक संघका संयोजकमा नवराज काफ्ले र सहसंयोजकमा प्रकाश धिताललाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै नेपाल वालगृह महासंघको संयोजकमा दुर्गा मैनाली, दृष्टीविहीन अभिभावक संघका संयोजकमा राजेशमान केसी, अभिभभावक संघ नेपालमा केशव पुरी, राष्ट्रिय अभिभावक संघमा यादवप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु