तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमाल एकेडेमीमा मुस्कान सहितको सिकाई शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २८ गते, बिहीबार १८:१५

२८ चैत्र, काठमाडौं । शिक्षण सिकाई प्रभावकारी बनाउन देशब्यापी रुपमा विभिन्न प्रयास र प्रकृया अवलम्बन भईरहेकोमा बालुवाटार स्थित हिमाल एकेडेमीले सर्वसुलभ शुल्कमा मुस्कान सहितको सिकाई Learning with smile यसै शैक्षिक वर्ष २०७६ वाट अवलम्बन गर्ने भएको छ । विभिन्न विद्यालयमा हुने गरेका वालवालिका विरुद्धका शारिरीक, मानसिक तथा मनोबैज्ञानिक त्रासदीपूर्ण कृयाकलापहरुका समाचारहरु दिनानुदिन आइरहेकोमा त्यसले उत्पन्न गर्ने असरहरुको निराकरणको लागि मुस्कान सहितको सिकाई एक कोशेढुङ्गा साबित हुने हुनाले विद्यालय ब्यवस्थापन यस प्रति सचेत रहेको र यसले प्रविधिको नाममा प्रयोग हुने मोवाईल, ल्यापटप, टि.भीको चरम उपयोगको कारण उत्पन्न हुने असरहरु न्यूनिकरण गर्न समेत सकिने कुरा विद्यालयका प्र.अ. कुवेर कटुवालले बताउनुभयो । विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा सकारात्मक उर्जा भर्न Learning with smile प्रभावकारी हुनेमा विद्यालय ढुक्क भएको र आवश्यक अन्तरक्रिया तथा Counseling Programme द्धारा यसको प्रभावकारी कार्यन्वयन गरिने जानकारी पनि उहाँले दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु