• हिमालय एयरलाइन्सले अब हप्ताको सातै दिन आबुधाबी–काठमाडौँ उडान गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १९:३१

    काठमाडौं, २८ चैत्र । हिमालय एयरलाइन्सले अब हप्ताको सातै दिन आबुधाबी–काठमाडौँ उडान गर्ने भएको छ । एयरलाइन्सले यही यही अप्रिल २४ देखि ३० सम्म हप्ताको सातै दिन आबुधाबी–काठमाडौँ–उडान शुरु गर्न लागेको हो । हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसिका सञ्चालक एवं एनआरएनए आईसिसि सदस्य ठाकुर प्रसाद ढुङ्गानाले नेपाली कामदारले टिकट नपाउने समस्या केही भएपनि समाधान गर्नको लागि दैनिक उडान शुरु गर्न लागेको बताए । उनले नेपालीहरुको हितमा एयरलायन्सले सहज सेवा दिने उद्देश्यले नियमित र दैनिक सेवा थालिएको बताए । यात्रुहरुका लागि एयरलाइन्सले आवुधावी बिमानस्थलको टर्मिनल १ बाट सेवा दिनेछ ।

    हिमालय एयरलाइन्सले यही चैत्र १७ गते अर्थात् मार्च ३१ देखि युएईको आबुधाबी उडान सुरु गरेको थियो । एयरलायन्सले आबुधाबी–काठमाडौँ–आबुधाबीको लागि अहिले हरेक सोमबार, बुधवार र शुक्रवार गरि हप्तामा ३ पटक उडान गरिरहेको छ । हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसि रहेको छ । हिमालय एयरलाइन्सले यो भन्दा पहिले युएईका दुबईबाट पनि उडान भरिरहेको छ । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशीहरूको सुविधालाई ध्यान दिँदै उडान दैनि सुरु गर्न लागेको ढुङ्गानाले जनसवाललाई बताए । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु