नया बर्ष (कविता)
हरेक दिन, प्रत्येक बिहान,
अर्को बर्ष , भनौ एक बर्ष मा आउँछ,
फेरि पनि मैले तिमिलाइ नया मान्दिन
न त कुनै सालमा तिमी
दोहोरिएका छौ,
न त तिमिले आउन बिर्सेका छौ,
गरिब र शोषित
पिडित र दमित छौ,
लाखौ ले पुकारा गर्ने बैशाख १
गजक्क छौ
मख्ख छौ,
बधाइ छ तिमिलाइ
नयाँ बर्षको उपाधी पाएकोमा
तिम्रो नाममा चाड मनाएकोमा,
सह मूल्य र सह अस्तित्व भएर पनि,
भिते पात्रोमा मुर्तिवत छन
३६४ दिनहरु,
तर पनि
भाग्यमानी बैशाख १
कल्पना का तरङ्गमा पुतली नाचे झै,
पुलकित हुन पाएका छौ,
रंगिन भएकी छौ,
मदिरामा पौडिन पाएकी छौ,
मांस भक्षण मा रम्न पाएकी छौ ,
फेसबुक भरी तिम्रै बखान छ,
जताततै तिमी नै तिमी छौ,
सक्छौ भने सबैलाइ खुशी राख
बैशाख १ गते तिमिलाइ बधाई छ,
तिमिलाइ नयाँ बर्ष
मान्नेहरु सबैलाइ
शुभकामना छ।
शम्भु गजुरेल अज्ञानी
नुवाकोट