तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सरकारको कदमले सरकारी चिकित्सकहरुको मनोबल गिरेको छ : अध्यक्ष डा. श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २९ गते, शुक्रबार २२:१४

काठमाडौं, २९ चैत ।नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।
डा. श्रेष्ठले सरकारले चिकित्सा क्षेत्रको मर्म र भावना नबुझी हचुवाको भरमा समायोजन ऐन ल्याएको पनि गुनासो पोखे । उनले भने,‘यसले भोलि नेपालको स्वास्थ्य क्षेत्रमा दिर्घकालिन असर पर्छ । अहिलेको समायोजनले एउटा तहबाट अर्को तहमा जानै नमिल्ने बाध्यतात्मक अवस्था सिर्जना गरेको छ । हामीलाई संघीयतासँग सरोकार छैन् ।’

उनले केही मन्त्रीहरुको बोली अभद्र रहेको पनि टिप्पणी गरे । उनले भने,‘गार्जियनजस्तो व्यक्तिले अभद्र बोली बोल्ने गर्नुभएको छ । चिकित्सक भनेका साधन हुन् । सही तरिकाले प्रयोग गर्नुपर्छ ।’ सरकारले समायोजनमा नजाने चिकित्सकलाई कारबाही गर्छु भनेर धम्की दिएको सुनाउँदै उनले भने,‘चिकित्सकहरुले त राजीनामा नै दिन्छु भन्नुभएको छ । योभन्दा ठूलो कारबाही के हुन्छ ?’
विज्ञहरुसँग सल्लाह नगरी समायोजन गर्ने काम भएको बताउँदै उनले सरकारको यो कदमले चिकित्सकहरुको मनोबल गिरेको गुनासो पोखे । उनले भने,‘सरकारी चिकित्सकहरुलाई समायोजनमा जान कुनै आपत्ति छैन् । तर, त्यहाँ गएपछि निस्किने वातावरण छैन् । हो, निस्किने वातावरण बनाउनुपर्छ भनेर हामीले भनेका छौं ।

’
सरकारी चिकित्सकहरुको आन्दोलनमा नेपाल चिकित्सक संघले एक्येबद्धता जनाएको उल्लेख गर्दै उनले सरकारले कुनैपनि हालतमा नजरअन्दाज गर्न नहुने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु