• समाजसेवी न्याैपानेद्वारा ह्विलचियर हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार ०८:५३

    चैत ३०काठमाडौ ।
    काठमाडौ महानगरपालिका वडा नं ४ का समाजसेवी राम प्रसाद न्याैपाने ले सोलुखुम्बु स्थाई घर भई बिगत लामो समय देखि यसै वडा धुम्वाराहि मा बसोबास भएकी वूद्व महिला पदम माया गुरूङ लाई सम्मान गर्दै ह्विलचियर हस्तान्तरण गरेका छन् ।
    आफ्नो व्यक्तिगत सहयोग स्वरुप वडामा रहेकी गुरूङ को दैनिकि सहज होस् भन्ने चाहनाका साथ सहयोग गरेको न्याैपाने ले बताए ।
    राज्यले जेष्ठ नागरिकका निम्ति जति गर्नुपर्ने हो त्यति गर्न नसकिरहेको बेला आफुले वूद्व महिलालाई ह्विलचियर सहयोग गन पाउदा आफुमा प्रेरणा मिलेको उनको भनाई छ ।
    उनले आफ्नोतर्फबाट हुन सकिने जेष्ठ तथा असाहय नागरिक, विपन्न परिवार, जेहेन्दार विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई क्रमिक रुपमा सहयोग गर्दै जाने प्रतिबद्वता जनाएका छन् ।उत्त हस्तान्तरण समरोहमा सामुदायिक केन्द्र का सचिव मीन प्रसाद पौडेल ,कोषाध्यक्ष एवम् नेत्री प्रतिमा पौडेल सामाजिक अभियान्ता धुर्ब के.सि.लगाएको उपस्थिति थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु