• सार्थक अभियान द्वारा अगुवा तथा सामाजीक अभियन्ताहरुले प्रस्तावीत नागरिकता विधेयक बारेमा अन्तक्रिर्या

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार ११:५३

    काठमाण्डौं । चैत्र ३० मानव अधिकार सुशासन र विकास हाम्रो शान सामाजिक दायित्व बोधको लागि सार्थक अभियान’ भन्ने मूल नारा सहित काम गदै आएको अभियान ले नागरीक अगुवा तथा सामाजीक अभियन्ताहरुले प्रस्तावीत नागरिकता विधेयक हुवहुपास भएमा नेपालका नागरिकहरुनै अल्पमतमापर्ने भएकाले फिर्ता गराउन दबाबमा उत्रनुपर्ने बताएका छन् ।
    बिदेशीहरुको चलखेलमा नेपालको सिमाना, नागरिकता लगायतका गम्भीर बिषयहरुमा निरन्तर प्रहार भइरहेको भन्दै राष्ट्र जोगाउन बिद्रोहको झण्डा उठाउनुपर्ने बेला आएको समेत बताए ।
    प्रस्तावीत नागरीकता बिधेयकको बिषयमा सार्थक अभियान नेपालले शुक्रबार काठमाण्डौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले नागरीकता बिधेयक नेपाली जनतामाथी गम्भीर धोका रहेको बताए ।
    कार्यक्रममा बोल्दै नेकपाका नेता तथा पुर्व मन्त्री लिलामणी पोख्रेलले संसदमा नागरिकता विधेयक छलफलकै क्रममा रहेको बेलामा गृहमन्त्रीको परिपत्रले दुबिधा बढेको बताए । विधेयकको बिषयमा नेकपाको केन्द्रीय कार्यसमिति बैठकमा समेत कुनै छलफल नभएको बताँउदै पोख्रेलले बिधेयक अचानक र अप्रासङगीक रुपमा आएको जिकीर गरे ।
    संसदमा पेश भइसकेको बिधेयकको बिषयमा सरकारले फिर्ता लिने, संसदको बहुमतले अस्वीकृत वा बिद्रोह गर्ने भन्दा अर्को बिकल्प नभएको बताँउदै पोख्रेलले यस बिषयलाई द्धन्द गरेर नभई कुटनीतिक रुपमा हल गनुपर्ने बताए । पोख्रेलले बिधेयकको बिषयलाई लिएर सडकमा उत्रनुले समस्या समाधान होला कि अरुलाई फाइदा हुन्छ भनि प्रश्न समेत गरे ।
    कार्यक्रममा बोल्दै राष्ट्रिय जागरण परिषदका अभियन्ता साध्यबहादुर भण्डारीले प्रस्तावीत नागरिकता बिधेयक पारीत भएमा नेपाली भन्दा गैर नेपालीहरुले बढी नागरिकता पाउने बताँउदै नेपालीहरु अल्पमतमा पर्ने बताए । भण्डारीले विधेयक नेपालका नागरिकलाई भन्दा पनि भारतीय र अन्य देशका नागरीकहरुलाई सहज हुने किसिमले आउन लागेको बताँउदै राष्ट्रघाती बिधेयक र्फिता लिनुपर्ने बताए ।
    बिगतमा भारतीयहरुलाई तराईका निर्वाचनमा फर्जिमत हाल्न भाडामा ल्याउने गरीएकोे उल्लेख गदै भण्डारीले भने “विधेयक पास भएमा भोट हाल्न नेपाल आएका भाडाका भारतीयहरुले पनि नागरीकता लिएर र्फकिने अवस्था आँउने छ”
    कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य नारायण शर्माले बिधेयकबाट राष्ट्रबादी र क्रान्तिकारी भन्नेहरुबाटै राष्ट्रघात र क्रान्तिकारी घात भएको भन्दै कम्युनिष्ट पार्टीकै बदनाम भएको बताए । नागरिकता बिधेयकले नेपाल र नेपालीको अस्थीत्व मेटन लागेको बताँउदै शर्माले १७ हजार मानिसलाई बलिदानी गराउन नेतृत्व गर्नेे नेताहरु आफनो बलिदानीको बेलामा डराएको आरोप समेत लगाए ।
    कार्यक्रममा पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले बिधेयक पास भएमा नेपाल फिजी मात्र होइन सिक्कीमनै बन्ने ठोकुवा गरे । भट्टराईले भने “नेपालमा बषौं बस्दै आएका भुमिपुत्रहरु जो जस्ले नागरिकता पाउन सकेका छैनन उनिहरुले पाउनु पर्दछ तर बिदेशीलाईनै दिने गरी विधेयक पास गरिएमा रत्नपार्कमा समुहिक अनसन बसेर बिधेयक जलाउने परिस्थीति नहोस ।”
    कार्यक्रममा बोल्दै त्रिविविका प्राध्यापक डा. हरी प्रसाद अधिकारीले विधयेकले नेपाल र नेपालीको हित नगर्ने भएकाले फिर्ता लिनुपर्ने बताए ।
    बिनोद कुमार विश्वकर्माले प्रस्तावीत बिधेयक बिदेशी प्रति हदै सम्म लचिलो खालको भएकाले भविश्यमा नेपालमा रहेका रोहिंगा र भुटानी लगायतका आप्रवासीहरुलाई समेत नागरिकता दिनुपर्ने अवस्था आउने दाबी गरे ।
    सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतमले देश बनाउन हिडेको कम्युनिष्ट नेताहरुमा माला र खादा संस्कृतिलाई मौलाँउदै गइरहेको बताँउदै त्यसलाई समयमानै नियन्त्रण गर्नुपर्ने बताए । गौतमले माला र खादाको संस्कृतिलाई निरुत्साहित गर्नका लागि कार्यक्रममा माला खादा प्रयोग नगरिएको बताँउदै सो बापत खर्च हुने रु १ हजार टुहुरा बालबालीकाको हितमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    कार्यक्रममा बरिष्ठ अधिबक्ता तथा प्रेस काउन्सील नेपालका पुर्व अध्यक्ष बोर्ण बहादुर कार्कीले नेपाली नागरिकता धुसपैठ प्रकरणमा विदेशी षडयन्त्रको पराकाष्ठ षडयन्त्रको मतियार बन्दै सरकार शिर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय जागरण परिषदका सचिब सुर्य रेग्मी, आरडिएनका अध्यक्ष बालकुमार अर्याल ऐक्यबद्धता मासिक अध्यक्ष निलकण्ठ तिवारी, लगायतले प्रस्तावीत नागरिकता विधेयकको बारेमा आ–आफनो धारणा राखेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु