तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

डोमेस्ट्रिक टुरिजम मार्ट को तयारी छलफल,सहित नयाँ वर्ष को शुभकामना आदन प्रदान पत्रकार भेटघाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १ गते, आईतवार २०:१२

बैशाख १,काठमाडौ ।गन्तव्य नेपाल गु्रपअन्तर्गत रहेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले नयाँ वर्ष २०७६ को अवसर पारेर पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । शनिबार ठमेलको छायाँ सेन्टरस्थित मार्कोपोलो रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा आउँदो बैशाख १३ र १४ गते भृकुटीमण्डपमा हुने डोमेस्ट्रिक टुरिजम मार्ट (डीटीएम)बारे छलफल गरियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले नेपाल भ्रमण वर्ष २०२० को पर्याप्त तयारी नभईराखेको अवस्थामा निजी क्षेत्रबाट डीटीएम आयोजना गर्नु अत्यन्तै सह्रानीय कदम रहेको बताउनुभयो । डीटीएम चुनौतिपूर्ण भएपनि यसको सफलतासँग मुलुकको सिंगो पर्यटन क्षेत्रको सफलता जोडिने भएकालेसबै मिलेर यसको सामना गर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले ७७ वटै जिल्लामा लुकेर रहेको पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै देशैभरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न डीटीएम आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले डीटीएमको तयारी तीब्र रुपमा अघि बढाइएको भन्दै अहिलेसम्मको अवस्थामा अत्यन्तै उत्साहपूर्ण सहभागिता भइरहेको जानकारीसमेत दिनुभयो । सबैको सहयोग र सहकार्यबाट डीटीएमलाई सफल बनाएपछि यसले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा नयाँ आयम थप्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का निवर्तमान अध्यक्ष तथा डीटीएम सद्भावना दूत कमल सापकोटा, नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव तथा डीटीएमका सद्भावना दूत कुलबहादुर गुरुङ, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीलगायतले डीटीएम मुलुकको पर्यटन क्षेत्रका लागि अति आवश्यक रहेको औल्याउँदै यसले पर्यटन क्षेत्रमा नयाँ उर्जा थप्ने धारणा राखेका थिए ।

पर्यटन व्यवसायी तथा पत्रकारहरुको ब्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा डीटीएमका संयोजक माधव प्रकाश सुवेदीले धन्यवाद ज्ञापन गर्दै डीटीएमलाई सफल पार्नका लागि सकारात्मक र रचनात्मक सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
डीटीएम तयारीको क्रममा पर्यटकीय नगरी ठमेलका मुख्य नाकाहरुमा गेट बनाउने काम गरिएको छ । त्यस्तै, अहिले स्टल बुकिङ, प्रचारप्रसार तथा व्यवस्थापनको कामहरु भइरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु