• एनआरएनले आयोजना गर्ने नेपाल महोत्सवका लागि अस्ट्रेलियामा नयाँ प्रचार शैली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ०८:३७

    अस्ट्रेलिया— गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको प्रचार प्रसारका लागि नयाँ शैलीको प्रर्वद्धन गरेको छ । नेपाली झन्डा, नेपाली पोसाक लगाएका सयौँ व्यक्तिहरूसँगै नेपाली परम्परागत पञ्चेबाजा र ढोलक सहित एकाबिहानै दक्षिण अस्ट्रेलियाको अति व्यस्त सहर रण्डलमा आइतबार बिहानै नेपालमय देखिएको थियो । सानो नेपाल झैँ देखिएको उक्त क्षेत्रमा रहेका उत्सुक विदेशीहरूले समेत चासो दिएर मिनी नेपाललाई अवलोकन गरे ।

    यसबाट यसपटकको धेरै विदेशीहरूलाई नेपालको बारेमा जानकारी दिन सफल देखिएको थियो । परम्परागत पोसाकमा सजिएका र हातमा नेपाल र अस्ट्रेलियाको झन्डा लिएर हिँडेका नेपालीहरू देख्दा विदेशीहरूले समेत ताली बजाएर स्वागत गरेका थिए । त्यसमा पनि नेपालबाट भर्खरै ल्याइएको पञ्चेबाजा विदेशीहरूको लागि रोचक विषय बनेको थियो । महोत्सवलाई स्वागत गर्न बसेका उनीहरू आफ्नै भाषामा पञ्चेबाजाको बारेमा थप जानकारी लिने प्रयास आयोजकसँग गरिरहेका थिए । आइतबार दिनभरि चलेको नेपाल महोत्सवमा करिब ८ हजारले अवलोकन गरेको आयोजक संस्था एनआरएनका उपाध्यक्ष अशोक केसीले बताए । उनले आफूहरूले नेपालको पर्यटन र कलाको प्रवद्र्धन गर्ने उद्देश्य राखेर गरेको कार्यक्रम सफल भएको समेत सुनाए । कार्यक्रममा बालबालिका मन्त्री र्याचल स्याण्डरसनका साथै अन्य सांसद तथा नेताहरूका साथै एनआरएन ओसिनिया संयोजक धर्मराज अधिकारी, अस्ट्रेलिया अध्यक्ष टोनु घोताने लगायतकाको सहभागिता थियो । यसै गरी कार्यक्रममा नेपालबाट आएका कलाकारहरू जीवन शर्मा, बद्री पंगेनी, कर्ण दास, कालीप्रसाद बास्कोटा, मर्कस दासको प्रस्तुतिलेसमेत दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए ।

    श्राेतः janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु