बर्ष ब्लकबस्टर फिल्म ‘छक्का पन्जा–३’,के कारणले सफल रह्यो ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २ गते, सोमबार ०८:४५

काठमाडौँ। २०७५ सालमा ९६ ओटा फिल्महरु प्रदर्शनमा आए । वर्षको अन्तिम शुक्रबार प्रदर्शनमा आएका फिल्महरु ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ले यसवर्ष दुईदिनमात्र कारेबार गर्नेछ । २०७५ सालमा ब्लकबस्टर फिल्म हो ‘छक्का पन्जा–३’ । फिल्म असोज २४ गते प्रदर्शनमा भएको थियो । कमेडी जनरामा बनेको फिल्मले ग्रस आम्दानी १९ करोड हाराहारीमा गरेको निर्माता दीपकराज गिरीले बताएका छन् । १९ करोड हाराहारीमा ग्रस अम्दानी गरेको फिल्मबाट निर्माताको हातमा तीस प्रतिशत हाराहारिमा अर्थात् ५ करोड ७० लाख हाराहारिको रकम निर्माताको हातमा परेको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो । फिल्म प्रदर्शनको १३ प्रतिशत कर सरकारलाई जानेछ । बाँकी रकम बाट पहिलो हप्ता हलले ५० प्रतिशत र निर्माताले ५० प्रतिशत पाउनेछ । त्यसैगरि दोश्रो हप्ता ४० देखी ४५ तेश्रो हप्ता ३० देखि ३५ को रुपमा घट्दै आउने नियम फिल्म क्षेत्रमा छ ।

सर्भर चार्ज, मनोरञ्जन कर, इन्कोड, केडिएम चार्ज गर्दा ४/५ प्रतिशत थप काटिन्छ । यस आधारमा ३० देखी ३५ प्रतिशत रकम निर्माताको हातमा पर्ने हुन्छ । यहि अनुरुपमा दिपकराज गिरी समूहलाई कुल कारोवारको ५ करोड ७० लाख हाराहारीमा रकम हात परेको बताईएको छ । ब्लकबस्टर फिल्म छक्का पञ्जा ३ लाई फिल्मी फण्डाको तर्फबाट हार्दिक बधाई ।

कर कति ?
कर आर्थिक वर्षको अन्तमा तिर्ने हुनाले करको विषयमा छक्का पन्जा टिमले पछि मात्र जानकारी दिने बताए । आर्थिक वर्ष २०७५/७६ को समयावधि ७६ सालको असार मसान्त सम्म रहेको छ । यद्यपि सोही टिमको अघिल्लो वर्षको फिल्म ‘छक्का पन्जा–२’ २५ लाख हाराहारिमा कर तिरेको निर्माण युनिटले फिल्मी फण्डालाई जानकारी दिएको छ । फिल्मको सवालमा कर हलबाट नै १३ प्रतिशत कट्टागरि सरकारलाई तिर्नुपर्ने हो । किनकी टिकटमै कर जोडिएको हुन्छ ।

तर, हलवालाहरु बार्षिक कारोवारमा लगेर बल्ल कर तिर्ने गरेका छन् । जुन गलत तरिका हो । यस्तै निर्माताले फिल्म निर्माणमा पनि कर तिरेका हुन्छन् । भने आम्दानीमा पनि कुल कारोवारको कर तिरिरहेका छन् । दोहोर कर लागु नहुने अवस्था पहिलो कर बापत तिरेको रकम कर कार्यालयबाट छुट वा फिर्ता हुने प्रावधान छ । जुन अहिले सम्म निर्माताहरुले प्रयोग गरेको पाईदैन ।

के कारणले सफल रह्यो ?
पब्लिकले रुचाउने खालको फिल्म बनेको र पब्लिकले रुचाएको कारणले फिल्म हिट भएको निर्माता गिरी बताउछन् । कमेडी जनरामा बनेको फिल्म कमेडीका कारणले हिट भएको भन्ने कुरा मान्न निर्माण टिम तयार छैन । यस वर्ष २७ ओटा कमेडी जनराका फिल्महरु प्रदर्शनमा आए ती प्राय असफल भए । ‘छक्का पन्जा ३’ राम्रो स्क्रिप्टको कारणले सफल रहेको निर्माण युनिटले जनाएको छ । यो पटक छक्का पञ्जा समूहले विषयगत रुपमा पनि चासो देखाइएको थियो । यो पटक शिक्षा क्षेत्रको बेथितीको वारेमा फिल्मले बोलेको छ ।

दवाव कति ?
छक्का पन्जा टिम नयाँ प्रोजेक्ट ‘छ माया छपक्कै’ मा व्यस्त छ । एक पछि अर्को हिट फिल्म दिए पछि अर्को नयाँ हिट फिल्म दिनुपर्ने दवावमा छक्का पन्जा टिम रहेको छ । दर्शकहरु भड्किरहेका छन् । फिल्महरु चल्न छोडेका छन् । आफुहरुलाई दवाव रहेको र दवावको सामना गर्नको लागि राम्रो काम गर्नुको विकल्प नरहेको निर्माण युनिटले जनाएको छ । पछिल्लो समय नेपाली फिल्मको बजार खस्कँदो छ । खस्कँदो बजारलाई छ माया छपक्कैले पुन उकालो लानुपर्ने बाध्यता छदैँछ । त्यसमा पनि दर्शकलाई पूर्ण मनोरञ्जन दिनुपर्ने छ । छक्का पञ्जा समूहसँग दर्शकका आशा जिवीतै रहेकोले यो पटक पनि संभावना र चूनौती टिमलाई बराबर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु