उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

काठमाडौं महानगरले मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २ गते, सोमबार ०८:५४

काठमाडौं । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरले मेयर निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ। शनिबारबाट नमूनाका रुपमा काठमाडौं महानगरपालिकाको वडा १५ बाट शुरु गरिएको हो।

यस कार्यक्रमलाई वडा नंबर १५ को सामुदायिक स्वास्थ्य सेवा परिषदवाट सञ्चालन हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिने सबै जेष्ठ नागरिकलाई सबै प्रकारका रोगको परीक्षण निःशुल्क गरिनेछ भने औषधिमा २० प्रतिशत छुट दिइनेछ। यो सेवा दिइने नागरिकलाई मेयर निःशुल्क स्वास्थ्य परीक्षण परिचय पत्र प्रदान गरिएको छ।

कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले स्वास्थ्य सेवा परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठलाई मासिक एक लाखका दरले हुन आउने बार्षिक एकमुष्ट बाह्र लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

 

काठमाडौं महानगरपालिका वडा १५ ले नयाँ बर्षको अवसरमा पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उक्त कार्यक्रमको शुभारम्भ तथा चेक हस्तान्तरण गरिएको हो। कार्यक्रममा सुनगाभा (बौद्धिक अपाङ्गता) महिला व्यवसायिक केन्द्रलाई बाल संरक्षणका क्षेत्रमा पु-याएको योगदान स्वरुप कदर गरिएको थियो भने जन्मजात श्रवण एवं बाकशक्तिबिहिन इनिमा महर्जनलाई फोटोग्राफी क्षेत्रमा उत्प्रेरणा दिन सम्मान गरिएको थियो।

 

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोल, नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, महानगरका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायतले मेयर निःशुल्क स्वास्थ्य परीक्षणको आवश्यकता र महत्वको वारेमा प्रकाश पार्दै नयाँ बर्ष २०७६ सालको शुभकामनामा व्यक्त गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु