बझाङमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २ गते, सोमबार १२:१०

बैशाख २,काठमाडौं। पश्चिम नेपालको बझाङमा केन्द्रबिन्दु बनाएर आज सोमवार बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान ४ बजेर २७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ। नयाँ बर्ष २०७६ सालको दोश्रो दिन आएको यस भूकम्पले त्रास फैलाइदिएको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्प पछि नेपालमा हरेक बर्ष बैशाख आएपछि भूकम्पको त्रास जस्ताको तस्तै रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु