मिस्टर प्लस साईज नेपालको आवेदन खुल्ला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ३ गते, मंगलवार ११:२०

काठमाडौं ३, बैशाख – मिस्टर प्लस साईज नेपालको आवेदन खुल्ला गरिएको छ । मोडल सङ्ग्स नेपालले ग्लोरी मिडियासँगको सहकार्य माझ उक्त सौन्दर्य प्रतियोगिता संचालन गर्न लागेको हो ।

“मिस्टर प्लस साईज नेपाल, २०१९” सौन्दर्य प्रतियोगितामा विवाहित तथा अविवाहित सबै पुरुषहरुले भाग लिन पाउने प्रावधान छ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका प्लस साईज पुरुषले भाग लिन पाउनेछन् । प्रतिस्पर्धामा भाग लिनका लागि १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजी भन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका समूहका लागि ७० केजी भन्दा माथिकाले मात्रै आवेदन दिन पाउनेछन् ।

राजपुतका अनुसार अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा यसको भविष्य, कम्यूनिकेशन स्किलस्, एम सि ज्ञान तथा जीवन उपयोगी ज्ञान, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, समय तथा रिस व्यवस्थापन, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिईनेछ ।

विगत २ वर्षदेखि नेपालमै पहिलोपटक महिलाहरु लक्षित “सुपर प्लस साईज मोडल नेपाल” सौन्दर्य प्रतियोगिता आयोजना गरी प्लस साईज मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै छाप छोड्न सफल “मोडल सङ्ग्स नेपाल”ले नेपालमै पहिलोपटक पुरुष लक्षित सौन्दर्य प्रतियोगिता संचालन गर्न लागेको आयोजक राजपुतले जनाएका छन ।

मिस्टर प्लस साईज नेपाल सौन्दर्य प्रतियोगिताले सुन्दर र क्षमता भएर पनि सधै पछि परेका र मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न हिच्किचावटमा पर्ने गरेका पुरुषहरुको क्षमतालाइ अभिवृद्दी गर्दै समाजमा सकारात्मक संदेश फैलाउनमा मद्घत पुर्याउने विश्वासका साथ ग्लोरी मिडियाले प्रतियोगिताका लागि सहकार्य गरेको ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट ३ रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्नेछन ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य बैशाख २ गतेबाट प्रारम्भ भएको राजपुतले बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बिभिन्न सौन्दर्य प्रतियोगिता तथा अवार्ड कार्यक्रमहरु भव्य रुपमा संचालन गर्न सफल तथा भर्खरै मात्र इजिप्टको अलेक्जेन्ड्रियामा एम एस एन एक्सीलेन्स अवार्ड,२०१९ तथा दुवईमा “मोडल सङ्ग्स अवार्ड” र राजधानीमा “सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२ ” सौन्दर्य प्रतियोगिताको भव्य समापन पश्चात “मोडल सङ्ग्स नेपाल”को आयोजनामा “मिस्टर प्लस साईज नेपाल, २०१९” को आयोजना हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु