बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

ककनीको पर्यटन प्रवद्र्धनका लागि यसरी गरियो साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ३ गते, मंगलवार १७:२१

-रिता ढकाल

नुवाकोट, ककनि– नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रवद्र्धनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
ककनीका स्थानीय तथा विभिन्न उद्योग व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै ककनीको पर्यटन प्रवद्र्धका लागि आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्नुपर्ने विषयमा विभिन्न नेता, समाजसेवी, उद्योग व्यवसायी लगायतले भनाइ राखेका थिए ।

प्रदेश तीनकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्य तथा सांसद ब्रदी मैनालीको विशेष आतिथ्यमा सम्पन्नभयो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश तीनकी उपसभामुख राधिका तामाङले ककनीलाई पर्यटन वर्ष २०२०मा देश तथा विदेशमा प्रचार पसार गर्नुका साथै ककनीलाई अन्तराष्ट्रिय पर्यटन हबका रुपमा स्थापित गराउनका लागि प्रदेश तीनलाई आफूले सदैव झकझकाउने बताइन् । कार्यक्रमका विशिष्ठ अतिथि सांसाद बद्री मैनालीले कार्यक्रममा बोल्दै निर्वाचनका समयमा ककनीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटकीय नगरी बनाउने घोषणा गरेकाले त्यस कार्यमा आफूहरू लागि परेको बताए । ककनीमा पर्यटन व्यवसायलाई सडकबाटोले गर्दा असर पारिरहेका गर्दा त्यसलाई जतिसक्दो चाँडो बनाउन पहल गरेको र ककनीको पर्यटन प्रवद्र्धनमा आफूहरू सदैव तत्पर रहेको बताए। आयोजक समाजका महासचिव अम्बर लामाले ककनीको पर्यटन प्रवद्र्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
ककनीमा व्यवसायिक बाख्रापालन गर्दै आएका उनले ककनी नगरकोट भन्दा पनि पहिलेदेखि पर्यटकीय क्षेत्रका रुपमा परिचित भएपनि त्यसको उचित प्रवद्र्धन तथा प्रचारप्रचारको कमीले गर्दा पछि परेको बताए ।

त्यसैगरी समाजकी उपाध्यक्ष सोममाया तामाङले ककनीमा भएका विभिन्न ऐतिहासिक संरचना जीर्ण भएकाले सबैले त्यसमा ध्यान दिनुपर्ने बताइन् । ककनी प्राकृतिक रुपमा पनि निकै नै सुन्दर भएकाले आगामी पर्यटन वर्ष २०२० मा ककनीमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य समाजको रहेको बताइन् ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा काठमाडौ, चाबाहिलमा स्थित रिभेरा इन्टरनेसनल एकेडेमी का कक्षा ५ मा अध्ययन गर्ने साना बालिकाहरुले बैदेशिक रोजगारमा गएर पीडा बोकेका नेपाली समाजहरुको तितो यथार्थलाई गीति नाटक प्रस्तुत गरेका थिए । पल्पसा दवाडी, लाक्पा शेर्पा, बियान्सा गुरु, सलिना खड्का, सुमिना गेलाल, प्रयास दवाडी तथा प्रियान्सा गुरुङ्ग अभिनित उक्त गीति नाटकले दर्शक सबैको मन छुन सफल भएको सहभागीहरूको भनाइ छ ।उत्त कार्यक्रम मिसेस गोलोवल नेपाल २०१८कि सेकेन्ड रनरअफ सिस्मा कार्कि ले संचालन मा भएको थियोे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु