• नेपाली सेनाको टोली ले प्रेसरकुकर बम’ डिस्पोज गर्न लाग्दा कुकरभित्र भात

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार १८:४०

    बैशाख ५, काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्द मा मोरङको सुन्दरहरैचा नगरपालिकामा राखिएको ‘प्रेसरकुकर बम’ डिस्पोज गर्न लाग्दा कुकरभित्र भात भेटिएको छ।
    प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन बेलगाछीमा नक्कली कुकर बम फेला परेको हो । बम राखिएको हल्ला फ़ैलिएपछि स्थानीयबासीहरु त्रसित भएका थिए भने पुर्व–पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भएको थियो।
    तर, नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र भात भेटिएको हो । कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु