एक धर्सो बालुवाटार(कविता )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०८:१९

एक धर्सो बालुवाटार(कविता )

हातिछाप चप्पलको प्याट प्याट्मा
उधारो मा सिलाएको दौरा भिरेर
सिंहदरबार छिरेको भएर के भो त?
म सर्वहारा को नेता होइन?
क्रान्तिका लागि चोटा कोठामा लुक्दै
कुराको गुजुल्टो सग घिउभात साटेपनी
मन नमिल्ने बिरोधी को गला काटेपनी,
कामरेड जोडिएको नाम छ मेरो,
सम्पती मा सुकुम्बासी थिए
गफमा कुबेर थिएं
चाकडिमा नौनी थिए,
प्रपन्चमा शकुनि थिएं
अरुले काटेछन
भाग लगाएछन,
हाड मासु मिले नमिलेको जान्दिन
ठूलो रहरले बालुवाटारको
रस चाख्न खोजेको छु,
एक भाग बालुवाटार
लिएको छु,
सुटुक्क कमाएको दान भेटी ले,
बिन्ती छ ,
हल्ला नगर्नुस,
ब्राह्मण निन्दाको पाप लाग्छ।

धनी ले सत्ता चढ्ने
हालिमुहाली गर्ने
यो त नयाँ चलन हो,
अस्ति भर्खर को ,
उहिले देखाउन भएनी
चाउरिएर हिडिन्थ्यो
आफुले जोत्न अल्छी मानेर
जोत्नेको लागि जमिन भनियो,
अराजकता उरालेर दांइ गरियो,
कति पिउनु मोहि मात्र
पाएको बखत त चाट्ने
त्यसैले नौनी लोपरियो!
मेची कोशी बेचेका छन,
टुक्राटुक्रा देश बेचेका छन
बेच्ने काम गलत हो,
तसर्थ मैले उल्टो गरेको छु,
किन्ने काम थालेको छु,
थोरै कमाइ भो,
बालुवाटार किनें
किताकाट गर कसैले
टुडिखेल किन्नु छ!
ताज महल बनाउनु छ,
समृद्ध नेपाल
अनि हसिलो परिवार
खुशी को सिंङ्गमर्मर जोडेर
मेरि मुमताज को सम्मानमा।

शम्भु गजुरेल अज्ञानी
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु