तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बैशाख १३ र १४ गते आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट को तयारी अन्तीम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ६ गते, शुक्रबार १९:२०

बैशाख ६, काठमाण्डौ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४(अप्रिल २६ र २७) गते आयोजना गर्न लागेको डोमेस्टीक टुरिजम मार्ट (डिटिएम)को तयारी अन्तीम चरणमा पुगेको छ ।

भृकुटीमण्डप स्थीत प्रदर्शनीहलसहितको चौरमा हुने मार्टमा उल्लेख्य ७७ वटै जिल्लाहरुबाट व्यापारिक तथा सांस्कृतिक स्टल बुकिङ हुने क्रम तिब्र रहेको र प्रचारप्रसार तिब्र पारिएको आयोजकले जनाएको छ । हालसम्म ११० वटा स्टल बुकिङ भईसकेको मार्टमा २२५ पर्यटन सम्बद्ध व्यापारिक स्टल रहनेछन । मेलाको मिति नजिकिदै गर्दा स्टल बुकिङको समय पनि अन्तिम चरणमा आईपुगेको छ ।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउनुका साथै लुकेर रहेका पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ मार्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।
पहिला देश अनि बिदेश भन्ने मुल नाराका साथ आयोजना हुन लागेको मेलामा देशभित्रकै रमणिय सांस्कृतिक सम्पदाको भ्रमण गर्न उत्प्रेरित र गर्ब गर्न सक्ने बातावरण सृजना गर्न मेला सफल हुने आयोजकले जनाएको छ ।
उक्त मेलामा र्याफ्टिङ, रारा प्याकेज, लाङटाङ, कर्णाली, हिमाली क्षेत्र लगायतका क्षेत्र अवलोकनका लागि बिभिन्न स्कीमहरु ल्याईने छ । यसका साथै देश तथा बिदेशका ट्राभलिङ प्याकेज सबैको अवलोकन र सेवा लिन सकिने छ । होटल रेष्टुरेन्ट प्याकेज, स्काई ड्राईभ, प्याराग्लाईडिङ, केबलकार, आकासबाट धर्ती हेर्ने अचुक अवशर पनि मेलाले प्रदान गर्नेछ ।
७७ वटै जिल्लाका संस्कृति समेटिएको झाँकी प्रदर्शन, मनोरञ्जनात्मक कार्यक्रमहरु, मिठा परिकार सहितको फुड जोन थप आर्कशणका रुपमा रहनेछन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु